fbpx

लालबहादुरलाई उच्च अदालत विराटनगरले दियो सफाइ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । साहुले फसाएका सुनसरीका मजदुर लालबहादुर विकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ ।

सुन पसलमा गहना बनाउने काम गर्ने लालबहादुरलाई गएको पुसमा जिल्ला अदालत सुनसरीले डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिबाना र झन्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।

छाक टार्नसमेत मुस्किल हुने लालबहादुरलाई अदालतले गरेको फैसलाको चौतर्फी आलोचना भएको थियो । अभियन्ता र केही वकिलको सहायतामा लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो ।

आज मङ्गलवार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुरलाई सफाइ दिएको हो ।

इटहरीमा दीपक गजमेरको सुन पसलमा काम गर्ने लालबहादुरविरुद्ध २०७५ सालमा करौडौँ रुपैयाँ ठगीको मुद्दा परेको थियो । सुनसँगै पैसा पनि बचत गर्ने बचतकर्ताको रकम हिनामिना गर्ने काम साहुले गरे पनि आरोप भने लालबहादुरमाथि लागेको थियो ।

जिल्ला अदालतले दुई सय ७५ जनाको १८ करोड ८४ लाख ६६ हजार आठ सय ८९ रुपैयाँ बिगो कायम गरेकोमा लालबहादुरविरुद्ध तीन करोड रुपैयाँको बिगो, ७० हजार रुपैयाँ जरिबाना र डेढ वर्ष कैदको फैसला सुनाएको थियो ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन