विराटनगरमा कपडा पसलमा आगलागी हुँदा १ करोडको क्षति

author

समाचारपाटी

९ महिना अगाडि

विराटनगर । विराटनगरमा बुधबार बिहान एउटा कपडा पसलमा आगलागी भएको छ । आगोले पसल जल्दा करिब १ करोड बराबरको क्षति भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–७ जैन भवननजिक दीपक कायस्थको घरको भुइँ तलामा रहेको कपडा पसलमा बिहान ४:३० बजेतिर आगलागी भएको हो । कायस्थको घरको सटर भाडामा लिएर विराटनगर–६ का सन्तोष रौनियाले कपडा पसल सञ्‍चालन गर्दै आएका थिए ।

आगलागीको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेत बताउँछन् । विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगोले पसलमा रहेका सबै कपडा जलेर ध्वस्त भएको छ । पसल सञ्चालन गरिएको सटरमा पनि क्षति पुगेको छ । मानवीय र चौपाया क्षति भने नभए पनि आगलागीमा अन्दाजी १ करोड बराबरको क्षति भएको जानकारी डीएसपी बस्नेतले दिनुभयाे ।

त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिका–३ गोकुवामा आगलागी हुँदा एउटा घर जलेको छ । प्रहरीका अनुसार बिहान ४: ३० बजेतिर आगोले पार्वती खड्काको घर आगो लागेको हो । आगोले घर पूर्णरूपमा ध्वस्त भएको छ । स्थानीय र दमकलको सहयोगमा प्रहरीले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । डीएसपी बस्नेतका अनुसार आगलागीबाट घरसहित घरभित्र रहेका लत्ताकपडा,अन्नपात,भाँडावर्तन सबै जलेको छ । करिब ४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन