नेपालमा सफल व्यवसाय गर्नेले जुनसुकै देशमा गएर व्यापार गर्नसक्छ : विनोद चौधरी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले नेपालमा सफल रुपमा व्यवसाय गर्नेले विश्वका जुनसुकै देशमा गएर व्यापार गर्नसक्ने बताउनुभएको छ ।


बिहीवार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरण सभामा बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा व्यापार गर्न विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठ्यारो रहेको भन्दै त्यो जटिलतामा बिजनेस गर्नेले विश्वका जुनसुकै देशमा पनि व्यापार गर्नसक्ने बताउनु भयो । उहाँले सरकारले नेपालमा नै केही गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा स्टार्टअप उद्यमको लागि भविष्य राम्रो रहेको भन्दै इनोभेसन नलेज भएका युवाहरुले क्यानडा र अष्टे«लिया जाने मानसिकता परिवर्तन गर्नुपर्ने बताउनु भयो। उहाँले क्यानडा,अष्ट्रिेलिया गएर टेक्नोलोजीको क्षेत्रमा काम गर्ने मानसिकता बनाएका युवाहरु नेपालमा नै बस्ने उत्तम उद्यम भनेको स्टार्टअप भएको बताउनु भयो । 


उहाँले भन्नुभयो,‘युवाहरुलाई उद्यमी बनाउने भन्दै विभिन्न समयमा सरकारले ४ देखि ५ वटा स्टार्ट अफ फण्डको व्यवस्था समेत घोषणा ग¥यो । कुनै श्रम मन्त्रालय अन्तर्गत,कुनै प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत भयो । एउटा प्लानिङ कमिसनको नाममा ५० करोड रुपैयाँ दियो प्राइमरि इकुटीमा चेक गर्नको लागि भनेर । मलाई जहाँसम्म ज्ञान छ । त्यो कुरा वास्तविक युवा उद्यमीहरुमा प्रयोग भएन । कयौं ठाउँमा ल्याप्स नै भए । मेरो अनुरोध सरकारले यस्ता खालका फण्डहरुलाई एकीकृत गरेर त्यसको पूर्णरुपमा इको सिस्टम विल्ड गर्नुपर्छ । पुँजी लिएर बस्दा पनि काम गर्नलाई राम्रो योजना पाउँदैन । त्यत्तिकै बाँड्ने होइन । स्टार्टअप उद्यमशीलताको भविष्य राम्रो छ । नेपालमा केही पनि हुँदैन । बाहिर क्यानडा,अष्ट्रिेलिया जाने युवाहरुको मानसिकता छ । त्यसको उल्टो पाटो भनेको स्टार्टअप उद्यम हो । नेपालमा सफलतापूर्वक विजनेस गर्ने मान्छेले विश्वमा जहाँ पनि गर्नसक्छ । नेपालका विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठ्यारो छ ।’

उहाँले सरकारले विगतमा घोषणा गरेका स्टार्टअप फण्डहरुलाई एकीकृत गरी इको प्रणालीमा ल्याउनुपर्ने बताउनु भयो। उहाँले विगतमा सरकारले विभिन्न समयमा गरेका स्टार्टअप फण्डहरु त्यत्तिकै खारेज भएको समेत बताउनु भयो। उहाँले सरकारले घोषणा गरेका फण्डहरुलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले स्टार्टअप उद्यमीहरुले काम गर्न पुँजी लगानी गर्दा समेत राम्रो योजनाहरु पाउन नसकेको बताउनु भयो। 


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन