fbpx

सरकारको कामबाट सन्तुष्ट छैन, समयमै सत्ता हस्तान्तरण हुनुपर्छः नेता विमलेन्द्र निधी

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।


सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका र हुन पनि नचाहेको बताउनु भयो । उहाँले अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताउनु भयो । उहाँले धेरै आशा गर्दा काम कम हुने रिस उठ्ने भन्दै धरै काम होला भन्ने आश नरहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मलाई भन्नुहुन्छ भने यो सरकारको काम कारबाहीबाट म पनि धेरै सन्तुष्ट छैन । यो सरकारको काम कारबाहीबाट म धेरै सन्तुष्ट हुन पनि चाहन्न । किनभने मलाई थाहा छ, यो सरकारबाट मैले धेरै कामको आशा गरेकै छैन । तपाईंले जुन दिन धेरै आशा गर्नुहुन्छ । काम कम हुन्छ, रिस हुन्छ, असन्तुष्टि हुन्छ । जब थोरै आशा गर्नुहुन्छ, कहिले पनि सन्तुष्टि हुँदैन । मलाई यो सरकारबाट धेरै काम होला, काम गर्नुपर्छ भन्ने आशा छैन । यो सरकारसँग एउटा मात्रै काम के छ भने यो सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारिपूर्वक सत्ता हस्तान्तरण गर्नुप¥यो । त्यति मात्रै हो मलाई आशा । त्यसमा विवाद नहोस् ।’


सांसद निधीले सत्ता हस्तान्तरणमा विवाद आउनु नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू