fbpx

संविधान अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुन्छः विमला घिमिरे

author

समाचारपाटी

२ हप्ता अगाडि

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरु अक्षरशः पालना भएमात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताउनुभएको छ । 

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून बनाउने कुरामा अगाडि भएपनि त्यसको पालना गर्नेकुरामा पछि परेको बताउनु भयो । उहाँले संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एकजनाको व्यवस्था गरेको भएपनि वा र र को शब्दमा अपव्याख्या गरिएको बताउनु भयो । उहाँले विगतका अभ्यास, कानून, नियम, संविधान, इतिहास सँगै अघि बढाउनुपर्ने बताउनु भयो । 

उपाध्यक्ष घिमिरेले भन्नुभयो, ‘कानून बनाउने कुरामा हामी अगाडि छौँ । त्यही कानूनलाई, संविधानलाई कसरी बुझेका छौँ । एउटा मात्रै उदाहरण राख्न चाहन्छु । हाम्रो संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एकजना भन्यो । तर त्यहाँ वा र र को शब्दमा व्याख्या ग¥यौँ । पालिकाको प्रमुख र उपप्रमुखमा एकजना महिलाको व्यवस्था ग¥यौँ तर त्यसको व्याख्या कसरी गरेका छौँ ? संविधान र कानूनमा लेखिएका कुराहरुलाई ति हिजोका अभ्यास र कतिपय व्यवहारमा लागू हुँदा कसरी लागू गर्ने भन्नेकुराहरु सम्बन्धित निकायमा सम्बन्धित प्रतिनिधिहरुको हातमा हुँदो रहेछ । त्यसलाई सही ढंगले वा बेठिक ढंगले व्याख्या गर्ने भन्नेकुरा हुन्छ । त्यसैले यस्ता कुराहरुमा समेत कानूनी हिसावमा कानूनलाई कसरी लागू गर्ने भन्नेकुरा तपाईं हाम्रो हातमा छ । हामी अहिले मुख्य जिम्मेवारीमा छौँ । कानून निर्माणको थलोबाट पनि हामीले महिला आन्दोलन र अधिकारसँग जोडिएका प्रश्तावहरु अघि बढाइरहेका छौँ ।’


उपाध्यक्ष घिमिरेले हरेक क्षेत्रबाट सबैले संघर्ष गर्नुपर्ने बताउनु भयो । सबै मिलेर संघर्ष गरेमात्रै आफ्नो अधिकार सुनिश्चित हुने जिकिर गर्नुभयो । अरुलाई अपमान गर्नु भनेको चेतनास्तर कमजोर हुनु रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...