fbpx

गर्मीले इटलीको कृषि क्षेत्रमा ६ बिलियन युरो नोक्शान हुने अनुमान

author

समाचारपाटी

१ year अगाडि

इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्शान हुने अनुमान गरेको छ । 

यो इटलीको इतिहासमै कृषि क्षेत्रको लागि कालो वर्षको रुपमा रहने उनीहरुको भनाइ छ । रिपोर्टका अनुसार इटलीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरेको छ । जसमा असिना, आँधी, तुफान, बाढी र आँधीबेहरीका साथै गर्मी लामो समयसम्म रहने समस्या छन् ।

इटालीमा इतिहासमै तेस्रो धेरै बढी गर्मी भएको वर्ष हो । यस वर्षको तापक्रम औसत भन्दा ०.७६ डिग्रि सेल्सियले बढी छ । जुलाईमा यस वषकै सबैभन्दा धेरै गर्मी सामान्य भन्दा १.९६ डिग्रि सेल्सियस रेकर्ड कायम भएको थियो । तर यस वर्षको तापक्रम हालसम्म २०२२ को तुलनामा कम रहेको बताइएको छ । २०२२ इटलीका लागि इतिहासमै सबैभन्दा बढी गर्मी भएको वर्ष हो । इटलीमा २०१४ यताका साथ वर्ष सबैभन्दा बढी गर्मी छ । तातो मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने अनुमान छ । इटलीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १०, अंगुरमा १४, नासपातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत गिरावट आउने बताइएको छ । सोमवारबाट मध्य र दक्षिण इटलीमा गर्मीको अर्को लहर शुरु हुने अनुमान छ । ती क्षेत्रमा गत साताको भन्दा ३ देखि ४ डिग्रि सेल्सियसले तापक्रम बढ्ने अनुमान छ । मध्य र दक्षिण इटलीका धेरै भागहरुमा आगामी दिनहरुमा उच्च तापक्रम ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान छ । 

सिन्ह्वा


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक