fbpx

सरकारले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्नुपर्छः विद्यादेवी भण्डारी

author

समाचारपाटी

१0 महिना अगाडि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका बाँकि काम यथाशिघ्र सम्पन्न गर्न सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभएको छ । 

सोमवार काठमाडौंमा नेपाल मानव अधिकार अधिकार वर्ष पुस्तक–२०२४ को विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने सत्तापक्ष र बिद्रोही पक्ष भएर नेतृत्व गर्नेहरुनै आज सरकारको नेतृत्व गरिरहेको बिडम्बनापूर्ण अवस्थामा यो देशले र निर्दोष पीडितहरुले कसरी न्याय पाउन सक्छन् ? भन्ने गम्भिर प्रश्न तेर्सिएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । उहाँले संक्रमणकालीन न्यायजस्तो संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्नै माध्यम बनाउन नहुने पनि बताउनु भयो । पूर्वराष्टपति भण्डारीले हिंसाको दुष्चक्रमा पु¥याउने प्रमुख दोषी को हो भनेर निष्पक्ष र निर्भयका साथ मूल्यांकन गर्दा मात्रै सिंगो देशले न्याय पाउने पनि स्पष्ट पार्नुभयो । उहाँले विद्यमान राजनीतिक अस्थिरता, भ्रष्टाचार, दण्डहिनता र सुशासनको अभाव जस्ता विसंगतिहरुका कारण मानव अधिकार सम्बन्धि प्रावधानहरुको प्रभावकारी कार्यान्वयन अझै पनि नेपालका लागि चुनौतिको विषय रहेको बताउनु भयो । 

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘मुलुकमा विद्यमान राजनीतिक अस्थिरता, भ्रष्टाचार, दण्डहिनता र सुशासनको अभाव जस्ता विसंगतिहरुका कारण मानव अधिकार सम्बन्धि प्रावधानहरुको प्रभावकारी कार्यान्वयन अझै चुनौतिहरु बाँकि छन् । सशष्त्र द्वन्द्वको अवधिमा भएका मानव अधिकार उलंघनका पीडितहरुले वृहत शान्ति सम्झौता भएको १८ वर्ष वितिसक्दा समेत अझै न्याय पाउन सकेका छैनन् । आफ्नो छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै अनसनमा बसेकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको दाहसंस्कार आजसम्म हुन नसकेको विषयले पनि हाम्रो देशको संक्रमणकालिन न्यायको अवस्थालाई उजागर गरिरहेको छ । यस प्रकारको संवेदनशील विषयलाई कसैले पनि आफ्नो स्वार्थ साँध्ने माध्यम बनाइनु हुँदैन ।

पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका बाँकि कामहरुलाई यथाशिघ्र सम्पन्न गर्नेतर्फ सरकारसहित सरोकारवालाहरुको ध्यान जानु पर्दछ । तर बिडम्बनाको कुरा के छ भने हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने सत्तापक्ष र बिद्रोही पक्ष भएर नेतृत्व गर्नेहरुनै आज सरकारको नेतृत्व गरिरहेको अवस्थामा यो देशले र निर्दोष पीडितहरुले कसरी न्याय पाउन सक्छन भन्ने गम्भिर प्रश्न हाम्रो अगाडि तेर्सिएको छ । यो देश नेपाललाई हिंसाको दुश्चक्रमा पुर्याउने प्रमुख दोषी को हो ? निष्पक्ष र निर्भयका साथ मूल्यांकन गर्न सक्नुपर्छ, तबमात्र देशले न्याय पाउनेछ । यस प्रसंगमा म एउटा कुरा स्मरण गर्न चाहन्छु–स्वयम्भूको दुई आँखाले न्याय, अन्याय छुट्टयाई हेर्छ भन्ने हाम्रो ज्ञानको उक्तिलाई मानव अधिकारवादीहरुले सार्थक बनाउन सक्नुहुनेछ भन्ने मेरो विश्वास छ । ’

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सशस्त्र द्वन्द्वकालमा मुलुक भएका न्याय र अन्यायलाई छुट्टयाउने काम मानव अधिकारवादीहरुले गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन