fbpx

देश विकास गर्ने अनुकुल समय यही होः पूर्वराष्ट्रपति भण्डारी

author

समाचारपाटी

२ महिना अगाडि

शिक्षा क्षेत्र बरालिएको छः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताउनुभएको छ । 

शुक्रवार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताउनु भयो । माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने बताउनु भयो । 

पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमूना प्रश्तुत गर्ने ? भन्नेमा सोच्न जरुरी रहेको बताउनु भयो । देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताउनु भयो । देशको शिक्षा प्रणाली अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो । राष्ट्रिय जीवनलाई गरिमामय बनाउन सबैले आफ्नो गति बढाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षा प्रणालीमा अमुल परिवर्तन गरेर, देशको उत्पादकत्व वृद्धि गर्ने र जीवनस्तरलाई गरिमामय बनाउन जरुरी रहेको बताउनु भयो । रोजगारीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको बताउनु भयो । शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्ने बताउनु भयो । देशको अर्थतन्त्र कमजोर भए सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि कमजोर हुने बताउनु भयो । 

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘शिक्षा क्षेत्र बरालिएको हो की भन्ने अनुभव मैले गरेको छु । जसरी शिक्षा एउटा राष्ट्र निर्माणको मुल खम्बा भएर त्यसबाट राज्यका विभिन्न अंगहरु बलियो भएर र भावी पुस्तालाई जस्तो खालको हामीले योगदान दिनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले हाइ स्कुल पास गरेपछि हाम्रो नयाँ पुस्तालाई हामीले देशमा आकर्षित गर्न अलि गाह्रो परिरहेको तथ्यहरुले देखाइरहेको छ । हिजो जुन आवश्यकताले हाइस्कुलहरु वा स्कुलहरु गाउँमा खोलेका थियौँ, अहिले तिनीहरु शुन्य शुन्य जस्तो छ । हिजोको जस्तो बस्ती गाउँमा छैन । स्कुलहरु मर्जरमा जानुपर्ने जस्तो अवस्था देखिएको छ । कलेजहरुको अवस्था पनि त्यस्तै छ । संख्या पनि कम छ । त्यसको व्यवस्थापन धान्न पनि मुस्लिक परिरहेको देखिन्छ ।’

उहाँले देश विकास गर्ने अनुकुल समय अहिले रहेको बताउनु भयो । विगतमा तीन÷तीन महिनामा सरकार परिवर्तन हुने समस्या रहेकोमा अहिले सरकार स्थायी रहेको बताउनु भयो । उहाँले अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आम नागरिकमा रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले अनुकुल समय पनि छ । सरकार पनि स्थायी भएर चलिरहेको छ । नत्र यहाँ त हामीलाई समस्या, तीन÷तीन महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो कहिले पनि पाइला नै अगाडि नसर्ने परिस्थिति थियो, अहिले दुई वटा ठूला राजनीतिक दलहरु मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ । मेरो त उहाँहरुलाई शुभकामना छ । अब पनि गर्न सकिएन भने के उपाय गर्ने भन्ने चासो जनताको बीचमा पनि छ ।’

उहाँले जिडिपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको बताउनु भयो ।


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन