गोरखा । गोरखाको पालुङटारमा भएको तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका हिमाल टमाटाले हात पार्नुभएकाे छ ।
‘मेन इलिट’तर्फको ५३ किलोमिटर निर्धारित दूरी २ घण्टा २४ मिनेट २७ सेकेण्डमा पार गर्दै उनले उपाधि जित्नुभएकाे हाे । उहाँले ७५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउनुभएकाे छ ।
उहाँ यसअघिका दुईवटा प्रतियोगितामा पनि सहभागी हुनुहुन्थ्याे । पहिलो प्रतियोगितामा दोस्रो र दोस्रो प्रतियोगितामा चौथो बन्नुभएका उहाँ यसपटक भने उपाधि विजेता बन्नुभएकाे हाे ।
कञ्चनपुर बारा घर भएका टमाटा १३ औं साफ गेममा स्वर्ण पदक विजेतासमेत हुनुहुन्छ । निर्धारित दूरी २ घण्टा २४ मिनेट ४१ सेकेण्डमा पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो बन्नुभएकाे छ । उहाँलाई ५० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसले जनाएको छ ।
प्रतियोगितामा काठमाडौंका कुमार तामाङ तेस्रो बन्नुभयाे । उहाँले निर्धारित दूरी २ घण्टा २४ मिनेट ४६ सेकेण्डमा पार गर्नुभएकाे थियाे । उहाँले ३० हजार नगद पुरस्कार पाउनुभएकाे छ ।
त्यस्तै सशस्त्र प्रहरीका लक्ष्मण मल्ल चौथो र नेपाली सेनाका मानबहादुर थापा मगर पाँचौ हुनुभएकाे छ । उहाँहरुले क्रमशः १५ हजार र ७ हजार पाँच सय नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र पाउनुभएकाे छ ।
त्यस्तै ‘मेन मास्टर’ तर्फ हर्क लामा पहिलो बन्नुभयाे । उहाँले निर्धारित दूरी २ घण्टा ३२ मिनेट ४ सेकेण्डमा पार गर्नुभएकाे हाे ।
पहिलो बनेका लामाले १५ हजार नगद पुरस्कार पाउनुभएकाे छ । प्रतियोगितामा विकास महर्जन दोस्रो बन्नुभएकाे छ । निर्धारित दूरी २ घण्टा ४९ मिनेट ५५ सेकेण्डमा पार गर्नुभएका उहाँले दश हजार नगद पुरस्कार पाउनुभयाे ।
निर्धारित दूरी २ घण्टा ५२ मिनेट २१ सेकेण्डमा पार गर्दै देवबहादुर बोहरा तेस्रो बने । उनले ५ हजार नगद पुरस्कार पाएको संजीव रानाले बताउनुभयाे ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गर्नुभएकाे छ । प्रतियोगितामा दुई विदेशी नागरिक सहित कुल ३९ जनाको सहभागिता रहेको थियो ।
लिगलिगकोटबाट सुरु भएको साइकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, आँपपिपल अस्पताल, भण्डारथोक, लमजुङ गरमवेशी, ठूलो बगैँचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, लुइँटेल बयाडाँडा हुदै पुनः लिगलिगकोटमा आएर टुङ्गएिको थियो । पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगिता गरिएको लिगलिग भिलेज स्पोर्टसकी सचिव प्रमिला रानाले बताउनुभयाे ।
onlinekhabar