भूपू बिद्यार्थी मञ्च पोखरा बहुमुखी क्याम्पसको अध्यक्षमा सूर्य बहादुर थापा

author

समाचारपाटी

२ years अगाडि

पोखरा ९, शान्ति बनबाटिकामा रहेको पोखरा बहुमुखी क्याम्पसमा भएको भूपू बिद्यार्थीहरुको भेलाले पूर्व बिद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको छ ।

भेलाबाट गठित समितिको अध्यक्षमा सूर्य बहादुर थापा, उपाध्यक्षमा चन्दा तिमिल्सिना, सचिवमा रामकृष्ण पौडेल, सहसचिवमा भवानी अर्याल र कोषाध्यक्षमा पानदत्त पौडेल चयन हुनुभएको छ । त्यस्तैगरी समितिको सदस्यहरुमा संगिता श्रेष्ठ, मन्दिरा पौडेल र नविन अर्याल चयन हुनुभएको छ । शनिवार क्याम्पसमा आयोजित भेलाबाट गठित तदर्थ समितिको संरक्षकमा क्याम्पस प्रमुख शिशुकला पराजुली रहने पनि भेलाले निर्णय गरेको छ ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले समितिका मनोनयन हुने पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै क्याम्पस र भूपू बिद्याथीहरुको सम्वन्ध आगामी दिनमा थप प्रगाढ हुने बिश्वास ब्यक्त गर्नुभयो । पूर्व बिद्यार्थी मञ्चको तदर्थ समितिमा मनोनयन हुने पदाधिकारीहरुलाई बधाई दिदै क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले तदर्थ समितिले छिटै बिधिवत रुपमा बिधान दर्ता गरि बैधानिकता पाउने विश्वास ब्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष सूर्यबहादुर थापाले समितिले छिट्टै जिल्ला प्रशासन कार्यालय कास्कीबाट बैधानिकता प्राप्त गरी बिगतमा यस क्याम्पसमा अध्ययन गरेर बिभिन्न क्षेत्रमा क्रियाशिलरत पूर्व बिद्यार्थीहरुको साझा थलोको रुपमा मञ्चलाई बिकास गर्ने धारणा राख्नुभयो । समतिका सचिव रामकृष्ण पौडेलले समिति बिधिवत दर्ता पश्चात क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु र भूपू बिद्यार्थीहरुको सहकार्यमा शिक्षण सिकाईसँगै बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागि बिभिन्न कार्याक्रम आयोजना गरिने बताउनु भयो ।

समितिका कोषाध्यक्ष पानदत्त पौडेलले भूपू बिद्यार्थी मञ्चले क्याम्पस र भूपू बिद्यार्थीहरुको सहकार्यलाई मजबुत बनाउदै क्याम्पसको चौतर्फी बिकासमा महत्वपूर्ण भूमिका खेल्ने आफुहरु क्रियाशिल रहने भनाई राख्नुभयो । भेलामा पूर्व क्याम्पस प्रमुख हस्त बहादुर थापा, सहायक क्याम्पस प्रमुख अनुपमणी अधिकारीको उपस्थिति रहेको थियो भने भेलामा सहजिकरण पूर्व सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले गर्नुभएको थियो ।


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन