भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौँ । यस वर्षको भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ ।

पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिनुभयाे । पुस १० गते ८९ औँ भूपी जयन्तीकोे अवसरमा पोखरामा हुने कार्यक्रममा उषालाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, थकाली सेवा समिति अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन हुनुहुन्थ्याे । हरेक २ वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भइसक्नुभएकाे छ ।

विस १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपीका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२५), परिर्वतन नाटक (२०१०), नयाँ झयाउरे कविता (२०१०) र निर्झर कविता (२०१५) प्रकाशित छन् । उषाका नजन्मेका आस्थाहरु कविता संग्रह (२०४८), अक्षरहरुका शिविरबाट मुक्तक संग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह २०६३, तेस्रो रङ्ग कथा संग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनी यसअघि व्यथित काव्य पुरस्कार २०४३, व्यथित काव्य वनिता पुरस्कार (२०६९), योगेश्वर कला सहित्य पुरस्कार (२०७०), नातिकाजी संगीत पुरस्कार (२०७२), बासु शशि स्मृति वानीरा पुरस्कार (२०७८), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७) बाट पुरस्कृत भईसक्नुभएकाे छ । उहाँले रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक (२०४५), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), विश्वनारी नेपाली साहित्य पदक (२०७१), भानुभक्त स्वर्ण पदक (२०७१) र सत्यमोहन जोशी शताब्दी पदक (२०७३) पाइसक्नुभएकाे छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.९७°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान