खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न सरकारसँग सांसद आचार्यको माग

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।  

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सुनसरीमा मकै खेतीको पनि जोन स्थापना गर्न सरकारसँग आग्रह गर्नु भयो ।

दशौं हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उहाँको भनाई थियो । सांसद आचार्यले भन्नु भयो, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत देशभर भएका १७७ वटा जोनहरु मध्ये सुनसरी जिल्लामा धान, तरकारी, माछा, बंगुर, अदुवा र हर्दी गरी पाँच वटा जोन छन ।

केही वर्षदेखि सुनसरीको दशौं हेक्टर जमिनमा उन्नत मकै खेती हुन थालेकाले मकै जोन पनि त्यहाँ थप गर्नुपर्ने आवश्यक्ता छ । यी खेतीहरुका लागि प्रविधि, भौतिक सहयोग, आर्थिक सहयोगका साथै विभिन्न ठाउँमा आवश्यक उपकरणहरु विक्री केन्द्रहरु, शीत भण्डार, प्रशोधन उद्योग लगायत बजारको राम्रो व्यवस्था गर्नुपर्ने अवस्था छ ।

यी सबै काम हुँदाहुँदै यावत कामहरुको व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयमा थप मानवीय स्रोत, थप साधनको व्यवस्थापन गर्नुपर्ने माग गर्न चाहन्छु । ’

सांसद आचार्यले सुनसरीको खेतीबाली विक्रीका लागि सरकारले छुट्टै केन्द्रहरुको स्थापना गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।


काठमाडौं

सोमवार, जेष्ठ ६, २०८२

१९.७८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन