fbpx

सामाजिक कार्यमा सक्रिय ‘भीमकाली’: १ लाख बराबरको समाग्री सहयोग

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा। भीमकाली क्लबले चौथों संस्करणको भीमकाली साँझ तथा देउसी भैलो कार्यक्रमबाट संकलितमध्ये केही रकम विभिन्न संस्थालाई सहयोग गरेको छ । पोखरामा महानगरपालिका १ मा क्रियाशिल क्लबले तिन दिने सहयोग कार्यक्रम अन्तरगत १ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो ।

क्लबका सदस्य अनिश गुरुङका अनुसार पहिलो दिन मंगलबार पोखरा १७ छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यु एण्ड केयर सेन्टरमा करिब २० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको हो । उक्त सहयोग केयर सेन्टरका संचालक चाँदनी थापालाई क्लबका सल्लाहकार सूर्यमान गुरुङ, क्लबका अध्यक्ष कृष्ण गुरुङ लगायतले हस्तान्तरण गरे ।

यस्तै दोस्रो दिन बुधबार पोखरा २३ माझथुमस्थित सिद्धबराह गुरुकुल विद्याश्रममा करिब ४० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको क्लबका सदस्य अन्जन देवकोटाले जानकारी दिए । उनका अनुसार उक्त विद्याश्रममा चामल ८ बोरा, दाल १ बोरा, सोयाबिन १ बोरा लगायतका अन्य समाग्री सूचना अधिकारी सुरेश लम्साललाई हस्तान्तरण गरिएको हो ।

यस्तै तेसो दिन बिहीबार ४० हजार बराबरकै पोखरा १ बगरस्थित संस्कृत माविमा अध्ययनरत जेहेन्दार विद्यार्थी तथा बटुकहरुलाई ६० वटा स्वीटर र ६० थान टोपी  प्र्रदान गरिएको हो । उक्त सहयोग समाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीलाई प्र्रदान गरिएको देवकोटाले बताए । देवकोटाका अनुसार सो सहयोग हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिका १ का वडासदस्य शोभा गुरुङ तथा क्लबका सम्पूर्ण पदाधिकारीसहित अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

default

क्लबले बगरस्थित ट्याक्सीचोकमा गत २० गते आयोजना गरेको चौथों भीमकाली साँझबाट करिब १० लाख बढी रकम संकलन गरेको थियो । सो कार्यक्रमबाट संकलितमध्ये १ लाखको तिन दिने कार्यक्रम घोषणा गरि सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न संस्थालाई सहयोग गरेको क्लबका सचिव चाइना गुरुङले बताउनुभयाे । उहाँका अनुसार क्लबले हरेकवर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रमबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्चिदै आएको छ । बाँकी रकम भने, रकमको बचत कोषमा सुरक्षित राखिने उहाँले बताउनुभयाे ।

क्लबले स्थापना कालदेखि रक्तदान कार्यक्रम, राहात वितरण, सरसफाई कार्यक्रम, लागुऔषधविरुद्ध सचेतना कार्यक्रम, विविध खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन