हरिप्रसाद बास्तोला । पाेखरा । कुरचिन्ने खर्क सामुदायिक वन उपभोक्ता समुह पोखरा १६ को तिसौ साधारण सभा एवम् चौधौ अधिवेशन उद्घाटन समारोहमा एकसय चार बर्षीय भिमाकुमारी बाँस्तोलालाई सम्मान गरिएको छ । प्रत्येक बर्ष साधारण सभामा वन समुह भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा उहाँ लगायत ८५ बर्षीय ढाटी बस्नेत र ८१ बर्षीय मिनबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले वन समुहका जेष्ठनागरिकलाई दोसल्लो
ओढाएर सम्मान गर्दै वन समुहले वन तथा वातावरणको संरक्षणसंगै समाजको आर्थिक एवम् सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो । वन कार्ययोजना र विधानको पूर्णरुपमा पालना गर्ने हो भने वन पैदावार उपयोगमा कुनै पनि समस्या नपर्ने बताउँदै उहाँले मुलुकको वन क्षेत्रलाई समृद्धिसंग जोड्ने खालका उद्यम सञ्चालन गर्न सरकारको ध्यान जानु पर्ने आवश्यकता औल्याउनुभयो ।
महासंघ गण्डकी प्रदेशका सदस्य एवम् समुहका सल्लाहकार जितबहादुर बस्नेतले सहरको नजिक रहेको हुँदा चोरीशिकारीबाट वन तथा वन्यजन्तुको संरक्षणमा चुनौती बढ्दै गएको बताउनुभयो । समुहका अध्यक्ष रमेश वस्नेतको अध्यक्षतामा भएको
कार्यक्रममा सचिव मिनु वस्नेत, कोषाध्यक्ष झलक बहादुर बस्नेत,निलबहादुर बस्नेत रमेश बहादुर वस्नेत लगायतले संरक्षण गरेको
वनलाई उपयोग गर्ने नीतिको खाँचो औल्याउनुभयो ।
कार्यक्रममा लुकीछिपी दाउरा चोरी गर्ने स्थानीय छ जनालाई आगामी दिन प्रवेश नगर्ने सर्तमा जफत गरिएका हसिया फिर्ता
गरिएको थियो ।