काठमाडौं I नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आगामी बुधबार (पुस १७ गते) नयाँ पार्टी घोषणा गर्ने भएका छन्।
रावललाई १० पुसमा पार्टीको संगठित सदस्यबाट हटाइएको थियो। पत्रकार सम्मेलन काठमाडौंको कार्की बैन्क्वेटमा दिउँसो १ बजे आयोजना हुनेछ।
यसअघि, रावलले कर्ण मल्ल र डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए र अन्यायमा परेकाहरूलाई एकत्रित गरेर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेका थिए।