fbpx

‘भरतपुरमा महशुस हुने गरी विकास भएको छ’ :- प्रमुख रेनु दाहाल

author

समाचारपाटी

९ महिना अगाडि

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महशुस हुने गरी विकास भएको बताउनुभएको छ ।
हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भरतपुरमा जनताले आफै महशुस हुने गरी विकास भएको उल्लेख गर्नुभयो । ‘हामीले बोलेका कुरा पुरा गरेका हौ,उहाँले भन्नुभयो,‘हामीले भरतपुरमा विकास भयो भन्नुपदैन । भरतपुरबासीले महशुस भएको कुरा आफै भनिरहनु भएको छ । यसमा हामीलाई गर्व छ ।’

प्रमुख दाहालले भरतपुरमा सडक पूर्वाधारको विकास नभई सबै क्षेत्रमा समानुतिक विकास भएको प्रष्ट पार्नुभयो । अन्य ठाँउबाट भरतपुर आउने व्यक्तित्वहरुले भरतपुरमा भईरहेको विकासलाई मुक्तकण्डले प्रशंसा गर्ने गरेकाले यस विषयमा सन्तुष्ट रहेको उहाँको भनाई छ । भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषिलगायतको क्षेत्रमा अनुभूति हुने गरी विकास भएको भरतपुर जनताले खुलेरै भन्ने गरेको उहाँले बताउनुभयो ।

‘सत्य कुरा लुक्दैन, उहाँले भन्नुभयो,‘भरतपुरको विकास पहिलाको अवस्था के थियो र अहिले कस्तो भएको छ । यो कुरा घाम जस्तै छर्लङ्ग छ ।’ प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा ६ वर्षको अवधिमा ८ हजार विद्यार्थी बढ्नु शिक्षा क्षेत्रमा भएको ठुलो उपलब्धी भएको धाराणा राख्नुभयो ।

नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रकाशित गरेको नमुना विद्यायको नतिजामा भरतपुरका धेरै विद्यालयहरु समावेश हुनु यहाँ भएको शैक्षिक विकासलाई प्रष्ट पारेको उहाँको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपानेले महानगरपालिकाले शिक्षा क्षेत्रमा धेरै नमुना कार्यहरु गरेको बताउनुभयो । महानगरपालिकाको साथ र सहयोगबाट विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन सकिएको धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यालयको समग्र विकासमा योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडी, जिल्ला शिक्षा ईकाईका प्रमुख भूमिलाल सुवेदीले मन्तव्य व्यक्त गर्नुएको थियो ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन