fbpx

दिव्यनगर स्वास्थ्य चौकीको २ तले भवनको मेयर रेनु दाहालद्धारा शिलान्यास

author

समाचारपाटी

२ महिना अगाडि

चितवन। पश्चिम चितवनको दिव्यनगर स्वास्थ्य चौकीको २ तले भवनको बिहिबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा रहेका अधिकांश अस्पताल सदामुकाम केन्द्रित रहेकाले जनताको घरघरमै सेवा पुराउन दिव्यनगरमा नयाँ स्वास्थ्य चौकी निर्माण गर्न लागेको बताउनुभयो । सामान्य भन्दा सामान्य उपचार गर्न १ दिनको समय लिएर सदारमुकाम जानुपर्ने विगतको अवस्था स्वास्थ्य चौकी निर्माण भएपछि हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।

संघीय गणतन्त्रको मर्म र भावना अनुसार महानगरपालिकाले एक वडा एक स्वास्थ्य संस्था निर्माण गर्ने कार्यलाई निरन्तरता दिइरहेको उहाँको भनाइ थियो ।  प्रमुख दाहालले वडामा रहेका पुराना स्वास्थ्य चौकीको स्तरोन्नित गर्ने, जनशक्तिको उचित व्यवस्थापन, स्वास्थ्य चौकी नभएको ठाँउमा स्वास्थ्य चौकी निर्माण गर्ने कार्य महानगरले विगतदेखि नै गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले निर्माणाधिन स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्दै समयमै गुणस्तरीय ढंगले निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले  नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो स्वास्थ्य केन्द्र सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

मुल्य अभिवृद्धि करसहित रु  १ करोड ६८ लाखमा ठेक्का सम्झौता भएको भवन आगामी जेठ महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । यो भवन निर्माण भएसँगै पश्चिम चितवनवासीको घरदैलोमा थप स्वास्थ्य सेवा पाउने छन् । निर्माणको जिम्मा देउराली शर्मा जेभिले पाएको छ । स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर, बहुउद्देश्य हल, १४ वटा कोठा रहने छन् । शिलान्यास कार्यक्रम वडा अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू