भरतपुर महानगरपालिकाले नेपाली महिला यु–१९ क्रिकेट टिममा छनोट भएका १४ खेलाडीलाई सम्मान गर्ने

author

समाचारपाटी

६ महिना अगाडि

चितवन । भरतपुर महानगरपालिकाले नेपाली महिला यु–१९ क्रिकेट टिममा छनोट भएका १४ खेलाडीलाई सम्मान गर्ने भएको छ । नेपाल चिकित्सक संघको आयोजनामा सुरु भएको प्रथम एनएमए स्पोर्ट्स फिस्ट २०८१ को उद्घाटन गर्दै प्रमुख रेनु दाहालले भरतपुरमा भएको क्रिकेट प्रतियोगितामा सहभागी भएका ११५ जना मध्येबाट अन्तिम १४ मा छनोट भएकाले सम्मान गर्न लागिएको उल्लेख गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गत माघमा ६ दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । ७ प्रदेशका देशभरका ११५ खेलाडी सम्मेलित प्रतियोगिताबाट २४ जना खेलाडीहरु विश्वकपको क्याम्पका लागि छनौट भएका थिए । २४ जना मध्येबाट छनौट भएका १४ जना महिला खेलाडी विश्वकपका लागि छनोट भएका हुन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिका खेलकुद गतिविधिमा सबैभन्दा एक कदम अगाडि रहेको धारणा राख्नुभयो ।
सन् २०२७ मा हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका केही खेल नेपालमा गर्ने आईसिसी भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताउनुभयो ।  नेपाल क्रिकेट संघ (क्यान) लाई यसका लागि आवश्यक वातावरण मिलाई रहेको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले निकालेको तालिकाअनुसार सन् २०२७ को  महिला यु–१९ विश्वकप नेपाल र बंगलादेशमा हुनेछ । प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्य संघ, प्रदेश र भरतपुर महागनरपालिकाको संयुक्त बजेटमा तीब्र रुपमा निर्माण कार्य अघि बढेको बताउनुभयो ।

कार्यक्रममा विपी कोईराला मेमेरियल क्यान्सर अस्पतालका अध्यक्ष विजयराज न्यौपाने, कार्यकारी निर्देशक शिवजी पौडेल, उप–निर्देशक उमेश नेपाल र नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । भरतपुर वडा नम्बर ३ को क्यासी स्पोट्समा सुरु भएको प्रतियोगितामा फुटसल, क्रिकेट, ब्याटमिन्टन र बुद्धिचाल प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा देशभरका चिकित्सक तथा स्वास्थ्य क्षेत्रका खेलाडीहरुले सहभागिता रहेको छ ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन