fbpx

भरतपुर महानगरको ७ नम्बर वडा कार्यालय भवनको शिलान्यास

author

समाचारपाटी

१ महिना अगाडि

चितवन। भरतपुर महानगरपालिका वडा नम्बर  को वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।‌ मंगलबार महानगरपालिकाको वडा नम्बर ७ स्थित नगर विकास प्लटिङमा निर्माण हुन लागेको तीनतले कार्यालय भवनको महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।  


भवनको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरुलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिनुभयो ।

प्रमुख दाहालले भरतपुर वडा नम्बर ७ विकासको दृष्टिकोणले अन्य वडाको तुलनामा धेरै अगाडि बढी सकेको उल्लेख गर्नुभयो । वडा नम्बर ७ मा हुलाकी राजमार्गदेखि महानगर र प्रदेशबाट निर्माण भएका फराकिला सडकहरु प्राप्त रुपमा रहेको बताउनुभयो । दाहालले अब भरतपुरमा दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताउनुभयो ।

वडा कार्यालय नहुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ भवन निर्माण गरिएको जानकारी दिनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले भरतपुर महानगरपालिकाले ब्यवस्थित र सुविधासम्पन्न कार्यालयहरुबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तिव्रता दिएको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले विगत ८ वर्ष अघिको भरतपुरको स्वरुप र अहिलेको भरतपुरको पूर्वाधार विकास देशकै अग्रणी पालिकाको रुपमा अघि बढेको उल्लेख गर्नुभयो । उहाँले वडा कार्यालय निर्माणमा सम्पूर्ण वडावासीलाई निगरानी गर्न आग्रह पनि गर्नुभयो ।

भवनको उत्तरगया बिस कौनानी जेभिले निर्माणको जिम्मा पाएको छ । सम्झौता अनुसार आगामी भदौ १ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । कार्यालय भवनमा ११ वटा कोठा हुनेछ भने १०० जना क्षमताको हल निर्माण हुने जनाइएको छ ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन