fbpx

‘शिक्षा विधेयकमा विद्यालय सञ्चालनको अधिकारमा विवाद भयो’:- सभापति भानुभक्त जोशी

author

समाचारपाटी

१ year अगाडि

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीले शिक्षा विधेयकमा विद्यालय सञ्चालन सम्बन्धमा तीन तहका सरकारबीच अधिकारमा विवाद भएको बताउनुभएको छ । 

शुक्रवार नेपाल उद्योग परिसंघको शिक्षा काउन्सिलले गरेको एक कार्यक्रममा बोल्दै सभापति जोशीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा तीन तहको सरकारबीच अधिकारीको लडाईंले थप समस्या उत्पन्न गरेको बताउनु भयो । उहाँले मुलुक संघीयतामा भर्खरै गएकाले कक्षा १२ सम्मको विद्यालयहरु स्थानीय,प्रदेश र संघीय मातहत कहाँ लैजाने भन्ने विषय जटिल बनेको बताउनु भयो । उहाँले संविधानले कक्षा १२ सम्मलाई स्थानीय तहले सञ्चालन गर्ने व्यवस्था भएपनि शिक्षकहरु स्थानीय तह मातहतमा जान नचाहेको बताउनु भयो । उहाँले विद्यालय शिक्षा सञ्चालन सम्बन्धमा तीन तहका सरकारको अधिकारको विषयमा विवाद कायम रहेको बताउनु भयो । उहाँले शिक्षा विधेयकमा सबैभन्दा ठूलो चुनौतिको विषय कक्षा १२ सम्मको विद्यालय सरकारले मात्रै चलाउने वा निजी क्षेत्रलाई पनि दिने भन्ने विषयमा विवाद रहेको बताउनु भयो । उहाँले संविधानले आधारभुत र कक्षा १२ सम्मको शिक्षा सरकारले निःशुल्क सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म निजी क्षेत्रको ठूलो योगदान रहेकोले के गर्ने भन्ने विषय टुंग्याउन समस्या रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले माध्यामिक तहको कानून बनाउँदा अहिले सरकारले सञ्चालन गरिरहेको मिक्स प्रणालीमा विद्यालयहरु सञ्चालन गरिरहेका छौं । सरकारी र निजी विद्यालयहरु छन् । सेना र प्रहरी,विदेशीले चलाएका विद्यालयहरु पनि छन् भने सार्वजनिक र निजी गुठीहरुले चलाएका विद्यालयहरु पनि छन् । अहिले सरकारलाई सबै भन्दा ठूलो चुनौति निजी क्षेत्रका विद्यालयहरु रहने वा नरहने भन्ने छ । कक्षा १२ सम्मको विद्यालय शिक्षा संविधानमा आधारभुत शिक्षा अनिवार्य र निःशुल्क पनि र १२ सम्म निशुल्क भनिएको छ । १२ सम्म सरकारले निशुल्क शिक्षा दिनुपर्छ भन्ने एकातिर छ भने अहिले निजी क्षेत्रबाट पनि महत्वपूर्ण योगदान रहेको हुनाले अब सरकार कसरी अगाडि बढ्ने निजीलाई अनुमति दिने वा नदिने भन्ने सबै भन्दा ठूलो चुनौति बनेको छ । संविधानले १२ सम्म निःशुल्क शिक्षा सरकारले नै सञ्चालन गर भन्ने सन्देश दिएको छ । सरकार त्यो अवस्थामा सक्षम नभएको हुनाले हामी राष्ट्रिय रुपमा अध्ययन गरिरहेका छौं । अहिल विद्यालय शिक्षा सञ्चालन सम्बन्धमा तीनै सरकारको अधिकारको विषयमा विवाद छ । कक्षा १२ सम्म स्थानीय तहलाई जिम्मा दिने भनेर व्यवस्था गरिएको छ । तर सम्पूर्ण शिक्षकहरु स्थानीय तहमा जान मान्नुभएको छैन । प्रदेश सरकारले पनि अधिकारी खोजिरहेको छ । तर अहिले संघीय सरकार कानून बनाउन गइरहेको छ । अधिकारको लडाई पनि सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको छ ।’

उहाँले सरकार कक्षा १२ सम्मको शिक्षा निःशुल्क रुपमा एकलैटी रुप सञ्चालन गर्ने क्षमतामा नरहेकाले अन्तर्राष्ट्रिय अभ्यासहरु अध्ययन गर्नु आवश्यक देखिएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

२०.०९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन