fbpx

सातौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाकाे आयोजना

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । विभिन्न जिल्लामा औद्योगिक तथा व्यापार मेला गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डले नयाँ वर्षको अवसरमा सातौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७९र०८० गर्न लागेको छ। जसमा भक्तपुर जिल्ला खेलकुद बिकाश समितिले सहयोग गर्ने भएको छ।

नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत भन्ने नाराका साथ चैत्र २३ गते बिहिबारदेखि बैशाख ४ गते सोमबार सम्पन्न हुने गरी मेलाको आयोजना गर्न लागेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयाे ।

मेलामा दर्शकको अवस्थालाई ध्यानमा राखी सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष सन्दिप महतले बताउनुभयाे ।

ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराउ भक्तपुरको तीनकुने सल्लाघारी स्थित ९९ रोपनी क्षेत्रफलको जग्गामा विशाल मेला आयोजना हुनलागेको हो । उक्त मेलाको आवश्यक प्रक्रिया पुरा भइसकेको आयोजक संस्थाले पत्रकार सम्मेलन गरेर जनाएको छ । अहिले स्टल निर्माण कार्य भइरहेको र स्टल बुकिङ्ग समेत खुलिसकेको जानकारी संस्थाका उपाध्यक्ष राजकुमार खड्काले गराउनुभएकाे छ । भक्तपुर आफैमा एक धार्मिक, सांस्कृतिक र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ, यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी मेलाका संयोजक दिपक थापाले दिनुभयाे।

साथै बिगतका बर्षमा भएका कमि कमजोरीलाइ यो पटक सुधार गर्दै सातौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलालाइ एतिहासिक बनाउने जानकारी पनि गराउनुभयाे। महोत्सवमा २०० भन्दा बढी स्टल राखिनेछ भने करिब ३ लाँख भन्दा बढी दर्शकको आगमन हुनेछ। १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले राखेको जनाएको छ ।

अन्तराष्ट्रिय स्टल सहित सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरुदेखि लिएर लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु एकै ठाउँमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सांस्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तराष्ट्रिय खाना महोत्सव, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरि गित समेत प्रस्तुत हुनेछ। मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशत सम्म छुटको ब्यवस्था छ भने मेलामा प्रवेश शुल्क रु ५० र ७० मात्र रहेको अध्यक्ष सन्दिप महतले जानकारी गराउनुभएकाे छ ।

सातौं औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७९र८० मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिनेछन। बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको औद्याेगिक शान्ति नेपाल संस्थाका महासचिव शंकर गुरुङले जानकारी गराउनुभयाे।

साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सांस्कृतिक पर्यटनलाइ प्रर्वद्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उहाँले आव्हान गरेका छन् र यो मेलाले भक्तपुरलाइ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि गुरुङले गराउनुभएकाे थियाे। उक्त पत्रकार सम्मेलनमा संयोजक दिपक थापा,औद्याेगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, बिनोद जैसवाल, महासचिव शंकर गुरुङ, कोषाध्यक्ष प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द र कार्यलय सचिब जिबन नेपालको समेत उपस्थिति रहेको थियो।

मेलाको अन्तिम दिन अर्थात बैसाख ४ गते बिशेष कन्सर्ट कार्यक्रम रहनेछ जसमा युवापिडिका चर्चित र्यापर जिबबको समेत प्रस्तुति रहनेछ भने उक्त दिनको प्रवेश शुल्क टिकेट मूल्य भने रु २०० रहने कोषाधक्ष्य प्रितम मल्लले जानकारी गराउनुभयाे ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन