१ करोडको लगानीमा टिकाथलीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालन

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । एक करोडको लगानीमा टिकाथलीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको छ । 


ललितपुरको महालक्ष्मी नगरपालिका वडा ५ टिकाथलीमा बिहीवार एक कार्यक्रम गरी भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको हो । महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफूहरुलाई नगरपालिकाभित्रै खपत गर्ने गरी करिव १ करोडको लगानीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालन ल्याएको भाजु फलफूल तथा तरकारी बजारका सञ्चालक आदिल महर्जनले बताउनु भयो । उहाँले ३० आना जग्गामा तरकारी बजारको लागि ७० वटा स्टलहरु रहेको बताउनु भयो । उहाँले साना किसान,साना व्यापारीहरु र उपभोक्ताहरुलाइ सहज बनाउनको लागि तरकारी बजार सञ्चालनमा ल्याएको बताउनु भयो। उहाँले वैदेशिक रोजगारीमा जाने भन्दा पनि नेपालमा नै केही गरौं भन्ने उद्देश्यले बजार स्थापना गरिएको बताउनु भयो । उहाँले अहिले ४० प्रतिशत भन्दा बढी स्टलहरु तरकारी तथा फलफूल पसलको लागि बुक भएको बताउनु भयो । सञ्चालक महर्जनले महालक्ष्मी नगरपालिका भित्र बस्ने उपभोक्ताहरुले ३ किलोमिटर तरकारी किन्न जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्य बजार स्थापना गरिएको बताउनु भयो। 

कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारीहरु स्थानीय बजारमा नै बिक्रीवितरण गर्नुपर्ने बताउनु भयो। उहाँले नगरपालिका भित्र उत्पादन भएको तरकारीहरु स्थानीय बजारमा नै बिक्रिवितरण गरी किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो। उहाँले महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएको तरकारीले नपुग्ने अवस्था भए मात्रै बिहीरबाट तरकारी नल्याउन आग्रह गर्नुभयो । उहाँले महालक्ष्मी नगरपालि भित्र उत्पादन भएको तरकारी नगरपालिका भित्रको बजारमा बिक्रीवितरण गर्दा स्थानीय तरकारी कृषकहरुले बाहिर बजार खोज्न जान नपर्ने अवस्था बन्ने बताउनु भयो। उहाँले नगरपालिका भित्र उत्पादन भएको तरकारी नगरपालिका भित्रै खपत गर्ने वातावरण बनाउन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनु भयो। उहाँले नगरपालिका भित्र उत्पादन भएको तरकारी भन्दा बाहेक नबेच्न आग्रह गर्नुभयो । उहाँले महालक्ष्मी नगरपालिकाले डिजिटल ढक तराजु ५० प्रतिशत अनुदानमा दिने गरेको भन्दै भाजु फलफूल तथा तरकारी बजारमा बिक्री गर्ने ६ जनालाई डिजिटल ढक तराजु उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो। 

टिकाथलीमा तरकारी बजार सञ्चालनमा आएसँगै उक्त क्षेत्रका उपभोक्ताहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले तरकारी किन्नको लागि दुई किलोमिटर टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । 


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन