पोखरा ३३ मा भजन कीर्तन तालिम सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं.३३ मा भजन कीर्तन तालिम सम्पन्न भएको छ । स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन कीर्तन तालिम आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । 

पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । “गाउँ गाउँमा पहिले सामूहिक भजन गाउने संस्कृति थियो, खुसीयालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो, वडा अध्यक्ष अधिकारीले भन्नुभयो, अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप हुने अवस्थामा पुग्यो, तसर्थ यसलाई पुस्ता हस्तान्तरण गर्ने र संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको तालिम दिइएको हो ।” वडा नं.३३ का गाउँ गाउँहरूमा भजन संस्कृतिको विकास गरिने उहाँले बताउनुभयो । 

साबिक लेखनाथ नगरपालिकाको वडा नं.१६,१७,१८ का विभिन्न स्थानहरूमा २०=२० जनाको टोली बनाई प्रदान गरिएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । एक हप्ते भजन कीर्तन तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू सन्तोष अधिकारी, रमादेवी गौतम र साकार अधिकारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । 

तालिममा सहभागीहरूलाई वडा अध्यक्ष अधिकारीले प्रमाणपत्र प्रदान गर्नुभएको छ । समापनका अवसरमा उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । अधिकारीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गर्नुभएको थियो । 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन