fbpx

काभ्रेमा साथिकाे हत्या आराेपमा दुई जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

काभ्रे । गत मंगलबार बेथानचोक गाउँपालिकामा बेवारिसे अवस्थामा एउटा युवाको शव खोलामा भेटिएको थियो। मंगलबार भेटिएको युवाको शव एटीएम कार्डको सहयोगमा प्रहरीले पत्ता लगाएका थिए।

मृतक दोलखा मेलुङ गाउँपालिक–१ स्थायी घर भएर हाल काठमाडौं बस्ने २८ वर्षका निर्मल बुढाथोकी रहेको पुष्टि भएको इलाका प्रहरी बनेपाका डीएसपी रेशम बोहराले जानकारी दिनुभयाे। ‘शवको अवस्था हेर्दा मृत्यु प्राकृतिक थिएन। प्रहरीले हत्याको आशंका गरिरहेको थियो। त्यसपछि प्रहरी प्रमाण जुटाउन सुरु गरिएको तीन दिनमै अपराध गर्नेसम्म पुग्न सफल भएका हौं’, उहाँले भन्नुभयाे। 

प्रहरीले मृतक युवासँगै दोलखाकै सैलुङ गाउँपालिका–८ का सुजन उप्रेती सँगै काभ्रे आएकासम्म पत्ता लगाएपछि उहाँलार्ई बुधबार लैनचौरबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बोहराले बताउनुभयाे। मृतक युवा र सुजन उप्रेती बेथानचोकस्थित एक व्यक्तिको घरमा गाँजा किन्न पुगेको अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ। ‘उक्त रात बेथानचोकका स्थानीय तीर्थराज तिमल्सिनाको घरमा उनीहरू बसेका रहेछन्। 

नौ किलो गाँजाको तीर्थराजले १० हजार मागे पनि उनीहरूले चार हजार मात्रै दिने भनेपछि डिल फाइनल हुन नसकेपछि तीर्थराजले भूकम्पपछि बनाएको नयाँ घरमा उनीहरूलार्ई सुताएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’, डीएसपी बोहराले भन्नुभयाे। रातको समयमा सो घरबाट निस्किएका उनीहरू घरबाट दुई सय मिटर तल वादविवाद र हात हालाहाल भएको र सोही क्रममा बुढाथोकीको मृत्यु भएको हुन सक्ने अनुमानसम्म पुगेको उहाँले बताउनुभयाे। 


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन