fbpx

५ दिनपछि अवरुद्ध भएको बेनी-जोमसोम सडक बिहानदेखि सञ्चालनमा

author

समाचारपाटी

१ year अगाडि

जोमसोम । अविरल बाढी,पहिरो र नदी कटानले अवरुद्ध राष्ट्रिय गौरवको ७६ किलोमिटर बेनी-जोमसोम सडक बुधबार बिहानदेखि सञ्चालनमा आएको छ । पछिल्लो पटक सडक शुक्रबारदेखि पहिरोका कारण अवरुद्ध भएको थियो ।

कालिगण्डकी करिडोरअन्तर्गत निर्माण कम्पनीहरूको सडक खन्ने उपकरण परिचालन गरी पहिरो पन्छ्याएपछि बेनी-जोमसोम सिधा यातायात सञ्चालनमा आएको (बेनी—जोमसोम—कोरला) सडक आयोजनाका सुपरभाईजर जगत प्रजापतीले जानकारी दिनुभयाे ।

यसअघि अविरल वर्षासँगै बेनी—जोमसोम राष्ट्रिय राजमार्ग सडकको म्याग्दी खण्डमा झन्डै ४ दर्जन स्थान बाढी,पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदै आइरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खाम भित्तामा सडक बेसनै पहिरोले भाँसिएको थियो ।

अन्य स्थानको ठाउँठाउमा पहिरो खसेपछि म्याग्दी हुँदै मुस्ताङ जाने सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएन । सवारी साधनमा यात्रा गर्ने यात्रुहरु असहज अवस्थाको ठाउँठाउँमा हिँडेर सवारी परिवर्तन गर्न बाध्य थिए । बाढी ,पहिरोका कारण विद्युत तथा सञ्चार सम्पर्क समेतमा क्षति पुगेको थियो ।

सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न,निर्माण सामाग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न अप्ठ्यारो परेको थियो । पहिरो पन्छ्याउने र सडक मर्मत गरेपछि बुधबार बिहानबाट अलपत्र सवारी साधन गन्तव्यमा प्रस्थान गरेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गर्नुभयाे ।

निरन्तरको वर्षाले सडक माथिबाट पहिरो खसेपछि अन्नपूर्ण गापाको दाना,नारच्याङ,खाम भित्ता,तितर,गुईठे, जलथले, रुप्से, सुकेबगर र काभ्रेभीर लगायतका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको थियो ।

बर्खायामको अविरल वर्षाले सडकमा क्षति पुर्‍याएपछि बेनी—जोमसोम सडक निकैकष्ठकर हुँने गरेको छ । बेनी—जोमसोम सडक साउन ३० र ३१ गते दुई दिन सडक सञ्चालनमा आएपछि साउन २० गतेदेखि भदौ ५ गते मंगलबार सम्म सिधा सडक यातायात प्रभावित बनेको थियो । राष्ट्रिय राजमार्ग अन्तर्गत म्याग्दीको कमजोर धरातलीय भूबनोटका कारण बर्खायाममा निरन्तर सडक अवरुद्ध हुने गर्छ । 

annapurnapost


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक