पाेखरा । कास्की पोखरा महानगरपालिका वडा नं.३१ बेगनास ताल छेउमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
बिहान करीब ८ बजेकाे समयमा पोखरा महानगरपालिका वडा नं.३१ बेगनास तालमा उदयपुर जिल्लाका ३१ वर्षिय अनुप भण्डारी तालकाे छेउमा मृत अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यलय शिशुवाले जनाएकाे हाे ।
तालको छेउको पानीमा युवक घोप्टो परि मृत अवस्थामा छन् भन्ने सूचनाकाे आधारमा ईलाका प्रहरी कार्यलय शिशुवाका प्रहरी निरिक्षक भगवानराज थापाको कमाण्डमा ७ जनाकाे टाेलीले उद्धार गरी पोष्टमार्टमको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा लगेकाे हाे ।
घटनाकाे बारेमा थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यलय शिशुवाले बताएकाे छ ।