fbpx

पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिशन चैत ५मा हुने

author

समाचारपाटी

१ year अगाडि


काठमाडौं । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ पाँचौं सिजनको यही चैत अन्तिममा हुने भएको छ । एक महिना अघि यो प्रतियोगिता फारम खुला गरिएको थियो । यो प्रतियोगिताको पहिलो अडिसन यही र्चैत ५ गते काठमाडौंमा हुने भएको छ । यसको दोश्रो अडिसन आगामी चैत १० गते हुने भएको छ ।

नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता बिगत पाँच वर्षदेखि हुँदै आएको छ । व्युटिसियनहरुको प्रतिभा प्रस्तुतिका लागि नियमित हुँदै आएको यो नै पहिलो प्रतियोगिता हो । रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.ले को आयोजनामा हुँदै आएको यो प्रतियोगितामा सहभागी हुनेहरुलाई बिगत झैं यसपटक पनि विभिन्न शिर्षकमा प्रशिक्षण राखिएको छ ।

यो प्रतियोगिताकी बिजेताले काठमाडौं बैंकक काठमाडौंको यात्राको लागि दईतर्फ हवाई टिकट सहित विभिन्न उपहार, सर्टफिल्म तथा म्युजिक भिडियोमा मेकअप र मोडलिङ अवसर, विभिन्न र्याम्पमा क्वाटवाकको अवसर प्राप्त गर्ने छन् । फस्ट रनरअप, सेकेन्ड रअरअपले पनि विभिन्न उहपार, सर्ट फिल्म तथा म्युजिक भिडियोमा मेकअप र मोडलिङ अबसर, विभिन्न र्याम्पमा क्वाटवाकको अवसर प्राप्त गर्ने छन् ।

प्रतियोगीहरुले अहिले निकै चर्चामा रहेका हाईडा फेसियल देखि ब्युटिसियनहरुको लागि अत्यन्त उपयोगी विभिन्न क्लास प्रशिक्षणको क्रममा लिन पाउने छन् । यो कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष बरिष्ट ब्युटिसियन सोनी कारँजितको मातहतमा विभिन्न बिज्ञ प्रशिक्षार्थीबाट व्युटि सम्बन्धि दुई साता लामो प्रशिक्षण हुने छ । जसमा यो प्रतियोगिताका प्रतियोगीहरुलाई हाईडा फेसियलसँगै ल्यासेस एक्सटेन्सन क्लास, सेल्फ मेकअप क्लास, ब्राईडल मेकअप क्लास, रशियन जुरो क्लास, विभिन्न हेयर स्टाईल क्लास, वाटर मार्वल नेल आर्ट क्लास, कस्मेटिक केमिकल क्लास, पर्मामेन्ट ल्यासेस लिफ्टिङ (कर्ल) क्लास, स्किन केयर क्लास दिईने छ ।

नेपालबाट पहिलो पटक कस्मेटिक साईन्समा ग्राजुएशन गरेकी रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले प्रतियोगीहरुलाई व्युटी सम्बन्धि विभिन्न अत्याधुनिक प्रशिक्षण दिनुहुनेछ । यस्तै प्रतियोगीहरुलाई दुई सातासम्म र्याम्प प्रशिक्षण, पर्सनालिटी डेभलपमेन्ट प्रशिक्षण, फोटोशेसन, भिडियोशेसन जस्ता प्रशिक्षण दिईने छ । पार्टी गाउन, टिसर्ट देखि प्रशिक्षणका क्रममा विभिन्न सामग्री समेत उपलब्ध गराईने भएको छ ।

बिगत ५ वर्ष देखि देशभरका व्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशकालागि यो प्रतियोगिता आयोजना गर्दै आएको अयोाजक संस्था रोज व्युटी एकेडेमीकी अध्यक्ष तथा बरिष्ट व्यु्टिसियन सोनी कारँजितले बताउनुभएकाे छ ।
यो कार्यक्रमका अर्का आयोजक डब्बु क्षत्रीले प्रतियोगीहरुलाई मिडिया म्यानेजमेन्ट देखि व्यक्ति विकाशसम्मका विभिन्न प्रशिक्षण दिने छन् । व्युटिसियनहरुलाई अरु विधाका जस्तै सेलिब्रेटीको रुपमा आफुहरुले स्थापित गर्ने पनि आयोजक क्षत्रीले बताउनुभएकाे छ ।


काठमाडौं

बिहिबार, बैशाख ६, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन