पाँचौ ब्युटिसियन ट्यालेन्ट नेपालको उपाधि बिराटनगरकी मनिषा श्रेष्ठलाई

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियशन प्रालिले नाचघरमा मँगलबार बेलुका आयोजना ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन पाँचको उपाधि बिराटनगरकी मनिषा श्रेष्ठले जित्नुभएकाे छ । उहाँले आफ्ना १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शिर्ष उपाधि चुम्नुभएकाे हाे । मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अवसर, विभिन्न उपहार पनि जित्नुभएकाे छ ।

प्रतियोगिताको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डँगोल, अभिनेता दिक्पाल कार्की, अधिवक्ता होमाकान्त चौलागाई, डा. प्रकाश पौडेल, डा. सरोज लामिछाने, ब्युटिसियनहरु बिमला रिजाल, सुष्मा रावल हुनुहुन्थ्याे । प्रतियोगितामा बेष्ट स्माईल सहित फस्ट रनरअपको उपाधि संगीता सुवेदी अधिकारीले, मोस्ट इन्टेलिजेन्ट ब्युटिसियन सहित सेकेन्ड रनरअपको उपाधि श्वेता मगर श्रेष्ठले हाँसिल गर्नुभयाे ।

सो प्रतियोगितामा रजनी खड्काले मोस्ट लोयल ब्युटिसियन सहित पब्लिक च्वाईस अवार्ड, गोमा खड्काले मल्टि मिडिया, बेष्ट हेयर टेक्निसियन सहित भिवर्स च्वाईसको उपाधि हाँसिल गर्नुभयाे । रजनी प्रजापतिले मस्ट कन्फिडेन्ट सहित म्यानेजमेन्ट च्वाईस अवार्ड, सरिता गोपालीले बेस्ट मेहेन्दी सहित म्यानेजमेन्ट च्वाईस अवार्ड प्राप्त गर्नुभयाे ।

यस्तै कविता श्रेष्ठ बेष्ट मेकअप, सँजिना सितिखुले मोस्ट सिभिलिटी, दीपा श्रेष्ठले मोस्ट फेन्ड्ली, संगीता सुवेदी अधिकारीले बेस्ट स्माईल, मन्दिरा श्रेष्ठले बेष्ट डिसिप्लिन, प्रमिला दर्नालले मोस्ट पँचुअल, बिमला श्रेष्ठले मोस्ट बब्ली र अप्सरा कटवालले मस्ट ब्युटिफुलको अवार्ड जित्नुभयाे । यसैगरी पुनम भट्ट साउदले बेस्ट ड्रेस र बेष्ट पर्सनालिटी अवार्ड, प्रनिशा डँगोलले बेष्ट क्याटवाक, भावना ढुँगानाले फोटोजेनिक, मन्जु गोपालीले बेष्ट नेलआर्ट, सुनिता प्रजापति मानन्धरले बेष्ट हेयर स्टाईल (जुरो) अवार्ड जित्नुभयाे ।
यस्तै यो प्रतियोगिताको क्रिएटिभ डिरेक्टरमा परिषी कारँजित, इभेन्ट म्यानेजमेन्टमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८की बिजेता सरिता भारती र कार्यक्रम सञ्चालकमा अश्विनी कान्त झा हुनुहुन्थ्याे । जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको प्रतियोगितामा १९ जना प्रतियोगी फाईनलमा पुगेका थिए ।

कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितले व्युटिसियनहरुले पनि पार्लरबाट बाहिर निक्लेर केही गर्न सकुन भनेर उनीहरुको व्यक्तित्व विकाशको लागि बिगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयाे । यस्तै आयोजक संस्था विलक्षण क्रियशन प्रा.लिका अध्यक्ष डब्बु क्षत्रीले नेपालमा व्युटिसियनहरु पनि अन्य पेशाका महिला भन्दा कम छैनन भनेर यो प्रतियोगिताले प्रमाणित गर्दै आएको बताउनुभयाे ।

कार्यक्रममा अभिनेत्री गौरी मल्लले यस्ता प्रतियोगिताले मेकअप आर्टिस्ट तथा व्युटिसियनहरुलाई अघि बढ्न प्रेरणा मिलेका छ भन्नुभयाे । बरिष्ट ब्युटिसियन डा राज्यलक्ष्मी श्रेष्ठले नेपालमा ब्युटिसियनहरुले पनि आफुलाई निकै माथि उठाएको बताउनुभयाे ।
कार्यक्रममा गायक भरत सामरी, गायक ओम सुनार गायिक, गायिका बुनु उप्रेतीले आफ्ना गीत र भवना श्रेष्ठले नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाउनुभएकाे थियाे ।

कार्यक्रममा शिक्षा सेवी लिलबहादुर बुढाथोकी (निशान) नेशनल तथा इन्टरनेशनल इभेन्ट डिरेक्टर धिज तन्डुकार, अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, फेशन डिजाईनर आर्यन गुरुङ, चलचित्र सम्पादक भरत रेग्मी, इभेन्ट डिरेक्टर प्रकाश जोशी सहित विभिन्न व्युटिसियनहरु सम्मानित भएका थिए ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’