fbpx

अछामको बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिइने

author

समाचारपाटी

४ हप्ता अगाडि

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अछाममा रहेको बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिने बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभामा सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएपछि सांसदहरुका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अस्पतालको निःशुल्क सेवा निरन्तरताका लागि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्ने बताउनु भयो । उहाँले अहिले पनि अस्पतालले स्थानीय सरकारको सहकार्यमा निःशुल्क सेवा प्रदान गरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाल उक्त अस्पताल सम्बन्धित स्थानीय सरकारको सहकार्यमा सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालनमा रहेको छ । बयलपाटा अस्पताल अहिले पनि सुचारु रुपमा चलिरहेको स्थिति छ । माननीयज्युले जुन प्रश्तुत गर्नुभएको छ, यसको आधारमा हामीले सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमसँग समन्वय गर्नेछौँ, यो अस्पताललाई निरन्तर चलाउन आवश्यक छ । यो पूर्णरुपमा निःशुल्क उपचार उपलब्ध गराउने गरी चलिरहेको अवस्था छ त्यसलाई त्यही रुपमा अगाडि बढाउन प्रदेशसँग र स्थानीय तहसँग सहकार्य गर्ने अगाडि बढ्ने विषयलाई म यहाँ अनुरोध गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले विपन्न र पछाडि परेका नागरिकहरूले अस्पतालबाट पाउने निःशुल्क सेवाबाट वञ्चित हुने अवस्था आएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...