fbpx

इन्टरभ्याली ह्विलचेयर बास्केटबलको उपाधी आर्मी र डब्लुडब्लुबिएलाई

author

समाचारपाटी

१ year अगाडि

इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधी पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिला तर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसन (डब्लुडब्लुबिए) ले हात पारेका छन् ।

नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको निकैनै रोमाञ्चक फाईनल खेलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई ४४ – ३३ अंकले पराजित गर्दै उपाधी उचालेको हो । पहिलो क्वाटरमा ८–१० ले पछाडी परेको आर्मी खेलमा फर्कदै दोश्रो क्वाटरमा १० – ९, तेश्रो क्वाटरमा १४ – १० र चौथो क्वाटरमा १२ – ४ ले अग्रता कायम गर्दै जित आत्मसाथ गर्न सफल भएको हो । आर्मीको जितमा दान थिङ्गको २२ अंकको योगदान रह्यो । यस्तै आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । तेश्रो स्थानमा बुद्धिसरा इन एक्सन रह्यो ।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसनले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोशियसनलाई पराजित गर्दै उपाधी कब्जा गरेको हो । डब्लुडब्लुबिएले रजनी चामलिङ्ग राईको १३ अंकको योगदानमा फाईनलमा आयोजकलाई १९–२ अंकको अन्तरले पराजित गरेको हो । रनजी मोस्ट भ्यालुएबल खेलाडी पनि घोषित हुनुभयाे । तेश्रो स्थानमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल रह्यो ।
बिजयी शिर्ष तीन टिमले क्रमश नगद ४० हजार, ३० हजार र २५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
दुई दिन सम्म संचालन भएको प्रतियोगिताका विजयी टिमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बागमती प्रदेश साँसद लक्ष्मी घिमिरे लगायतले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।

बिजयी टिमलाई सम्वोधन गर्ने क्रममा प्रमुख अतिथी राखेपका सदस्य सचिव घिसिङले अपाङ्गता भएको ब्यक्तिहरुको यस्ता प्रतियोगिताले सपाङ्गलाई चुनौती दिएको भन्दै अस्तित्वमा रहेको दुई पारालम्पिक संघलाई एक बनाउँदै अफिसियल रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन परिषदले कदम चाल्ने बताउनुभयाे ।

प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन , स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल , त्रिभुवन आर्मी क्लब , बुद्धिसरा इन एक्सन र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब गरि ५ टिम तथा महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन , बुद्धिसरा इन एक्सन , ओमेन ह्विलचियर बास्केटबल एशोसियसन र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल गरि ४ टिमले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए ।

झापा जिल्ला आमन्त्रण चेसमा विकासको एकल अग्रता
झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगितामा मेची नगरका विकास मैनालीले एकल अग्रता कायम गर्नुभएकाे छ । प्रतियोगिताको पाँच चरणको समाप्तीमा विकासको ४ दशमलव ५ अंक छ । उहाँलाई पछ्याइ रहेका प्रकाश नेपाल, राजन सुबेदी र विक्रम सिंघकको ४ अंक छ ।

यसैगरी,विक्रम राई, राज लीम्बी, रिसन थापा र उमेश राईको ३ दशमलव ५ अ।क छ । स्वीस लिगको आधारमा सात चरणमा सञ्चालन हुने प्रतियोगिता बिहिबार सम्पन्न हुने छ ।

तीन दिने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ । प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिनुभयाे ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...