काठमाडौं। गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक भएको छ । टिजरलाई ‘मिलनको कविता’ नाम दिइएको छ । युवकले युवतीलाई फकाउन कविता पढिरहेको सन्दर्भमा टिजर बनेको छ ।फिल्मको शीर्ष भूमिकामा प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का छन् । प्रणय दिवसको मुड जगाउन यो टिजर प्रभावकारी हुने आशा निर्माताले लिएका छन् ।
यो फिल्म चैत २२ गते रिलिज गर्ने तयारी रहेको छ । फिल्ममा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेको अभिनय रहेको छ ।फिल्म बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।