fbpx

अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने व्यक्ति नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आएनः वर्षमान पुन

author

समाचारपाटी

१ महिना अगाडि

पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने मान्छेहरु नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आउन नसकेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र सुधार गर्नेदेखि पुँजीबजार,विमा क्षेत्रमा आफू अनकुलमा व्यक्तिहरु हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले नेपालका नियामक निकायमा क्षमतावान र स्वस्थ व्यक्ति सरकारले ल्याउन नसक्दा समस्या भइरहेको जानकारी दिनुभयो । उहाँले  लगानी प्रवद्र्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा स्वस्थ व्यक्ति पुग्न नसकेको बताएको बताउनु भयो । उहाँले आफू अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आउँदा अध्यक्षलाई राजीनामा दिनुस् भन्दा नमानेको खुलासा गर्नुभयो । उहाँले मुलुकमा पछिल्लो समय आन्तरिक तथा वाह्य लगानीको वातावरण बन्न नसकेको उल्लेख गर्नुभयो । उहाँले त्यसको लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘हाम्रोमा लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलयमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा अर्थमन्त्रीको ट्युनिङ मिल्ने मान्छे हुँदा पनि नतिजा निस्कन सकेको छैन । म आफैं अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आएको थियो । फेक देखिएपछि  राजीनामा दिनुस् भन्दा मान्नुभएन । आफू स्वतन्त्र निकायको व्यक्ति हुँ भन्नुभयो । अहिले अख्तियारले मुद्दा  दायर गरेको छ। हाम्रोमा आजका दिनमा पनि खर्च कसरी बढाउने भन्ने विषय नै प्रमुख छ । विगतका वर्षका दायित्व नै धेरै हुन्छ। यस्तो अवस्थामा काम गर्न कठिन हुन्छ ।  कहिलेकाहीँ हालका अर्थमन्त्रीले नीति तथा कार्यक्रममा भएका कुराहरु परिवर्तन गर्न लागेको, पूर्वाधार आयोजना हटाउन लागेको भन्ने विषय पनि आउँछन् । तर बजेट एकदमै ग्राउनलेबलबाट आएको छ । अर्को सरकार वा अर्थमन्त्रीले ल्याएको बजेट भनेर फरक कोणले हेर्नुपर्ने आवश्यकता छैन ।’


उहाँले सरकार र नियमनकारी निकायहरुबीच ट्युनिङ मिल्ने÷नमिल्ने विषयको कारणले पनि बजारमा ऋण प्रवाह हुन नसकेको बताउनु भयो । उहाँले निजी क्षेत्रको अहिले पनि मनोवल माथि उठ्न नसकेको दाबी गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू