काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर एण्ड मेकअप स्टूडियोको उद्घाटन एक भब्य कार्यक्रम बीच प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ । उक्त अबसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी, सेवाग्राही तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
युवा ब्यवसायी सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा सञ्चालित मंजीना हेयर एण्ड मेकअप स्टूडियो उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्यूटीपार्लर हो । बिगत ६ बर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको मंजीना हेयर एण्ड मेकअप स्टूडियोमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मन्जु श्रेष्ठले बताउनुभयाे । बिशेषगरि हेयर र मेकअपमा पर्फेक्ट र अनुभबी मन्जु सेवाग्राहीको रोजाइमा पर्नुहुन्छ।
आफ्नो ब्यवसायिक सफलताको श्रेय आफ्नो परिवार र आफ्नी गुरुआमा सोनी काररंजितलाइ दिने उहाँले उहाँहरुको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यवसाय सुरु गरेर आत्मानिर्भर बनेको बताउनुभयाे ।
रोज ब्यूटी एकेडेमीकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन र केक काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै मंजीना हेयर एण्ड मेकअप स्टूडियोले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताउनुभयाे भने ब्यवसायिक सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयाे ।