fbpx

झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद दुई पक्षबीच झडप

author

समाचारपाटी

२ महिना अगाडि

झापा । झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद दुई पक्षबीच झडप भएको छ । झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजेको समयमा बाह्रदशी गाउँपालिका–३ स्थित राधानगरमा सोही ठाउँका पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद भएको थियो । विवादको क्रममा दुवै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए । रेखानन्द साहले खेती जोताउन ट्याक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपमा परी बाह्रदशी–३ का ३० वर्षीय अजयकुमार शाह, सोही ठाउँका ४० वर्षीय नितानन्द साह,४० वर्षीय रेखानन्द साह, ३६ वर्षीया चाँदनी साह, ५६ वर्षीया पद्मादेवी साह, ८० वर्षीय विष्णुप्रसाद साह, २२ वर्षीय महानन्द साह, ५४ वर्षीया पर्शुराम साह र उनका १६ वर्षीय छोरा सञ्जीव साह, १७ वर्षीय विवेक साह र ५४ वर्षीया मुनाखरी साह रहेका छन् ।

उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्थामा सामान्य रहेको छ । घटना विवरण अनुसार ऐलानी जग्गाको विषयमा दुवै साह परिवारबीच विवाद भइरहेको थियो । दुवै पक्षलाई बिहीबार छलफलका लागि इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएको थियो । तर, उनीहरू छलफलमा नआई झडपमा उत्रिएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले जानकारी दिनुभयाे ।

उहाँले झडपलाई साम्य बनाई घाइतेहरूलाई उपचारका लागि एम्बुलेन्समा हालेर बिर्तामोडतर्फ पठाइको जानकारी दिनुभयाे । उनीहरू बीचको जग्गाको विवादलाई धेरै पटक मिलाउन प्रयास गरिएको थियो । तर, विवाद मिलाउन नसकिएको बताउँदै वडाध्यक्ष टङ्क साहले भन्नुभयाे,‘दुवै पक्षबीच झापा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।’


काठमाडौं

बुधबार, अशोज २, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

मेयर बालेनले भने: नयाँ मापदण्ड अन्तर्गत कुनै घर भत्किने...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन