fbpx

राष्ट्रपतिमा कमला ह्यारिसलाई पूर्वराष्ट्रपति बाराक ओबामाको समर्थन

author

समाचारपाटी

७ महिना अगाडि

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन् । राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।

पूर्वराष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त वक्तव्यमा अहिलेको संकटपूर्ण समयमा ह्यारिसको दूरदृष्टि, चरित्र र शक्तिको माग भइरहेको विश्वास व्यक्त गरेका छन् । गत आइतबार राष्ट्रपति बाइडेनले आफू दौडबाट बाहिरिने घोषणा गरेपछि ओबामाले बाइडेनले दिएको निकासको प्रशंसा गरे पनि ह्यारिसलाई समर्थन गरेका थिएनन् ।

ओबामाको समर्थनसँगै ह्यारिस अगस्टमा हुने पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवार बन्ने सम्भावना थप बलियो भएको छ ।

बीबीसीका अनुसार ओबामाले शुक्रबार ह्यारिसलाई समर्थन गर्दा उत्साहित रहेको र चुनावमा निर्वाचित गराउन सक्दो भूमिका खेल्ने बताएका छन् । ‘हामी राष्ट्रपति बाइडेनसँग सहमत छौं’ ओबामा दम्पत्तिले भनेका छन्, ‘ह्यारिसलाई छनौट गर्नु बाइडेनका सबैभन्दा राम्रो निर्णयहरूमध्ये एक थियो । यो पुष्टि गर्न उनीसँग राम्रो क्षमता र अनुभव छ ।’

ओबामा दम्पत्तिले ह्यारिसको क्यालिफोर्नियाका महान्यायाधिवक्ता, अमेरिकी सिनेटर र त्यसपछि उपराष्ट्रपतिको रूपमा गरेको काम सम्झँदै भने, ‘तर ह्यारिससँग अनुभव र पृष्ठभूमिभन्दा बढी दूरदृष्टि, चरित्र र सामर्थ्य छ जुन अहिलेको महत्वपूर्ण समयले माग गर्दछ ।’


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन