नवलपरासी हुप्सेकोटमा छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार

author

समाचारपाटी

२ years अगाडि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ ।

गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकहरु शिशुको नामाकरणपछि बैंक खाता खोल्न जुट्ने गरेका छन् ।

गाउँपालिकाले आर्थिक वर्षदेखि २०७८र७९ देखि लागू गरेको कार्यक्रममार्फत् छोरी जन्माउने अभिभावक खुसी हुदै गाउँपालिका र बैंक जाने गरेका छन् ।

गाउँपालिकाले एक जना बालिकाको खातामा नगद पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तीमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । बचत रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको हु्प्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनुभयाे ।

छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुनेछन् । कार्यक्रम लागू गरिएपछि अहिलेसम्म २४ जना नवजात छोरीहरुको बैंक खातामा रकम जम्मा गरिदिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयाे ।

‘बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भबिष्यका लागि वचत गर्ने बानीको विकास हुनुका साथै भबिष्यमा अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ’, गाउँपालिका अध्यक्ष पाण्डेले भन्नुभयाे, ‘समाजमा छोरीप्रति सम्मान र आत्मनिर्भरताका विकास गर्नुका साथै भु्रण हत्या रोक्नका लागि पनि यो अभियान शुरु गरिएको हो ।’ गाउँपालिकाभित्रका स्वास्थ्य केन्द्र वा सरकारी अस्पतालमा जन्मिएका छोरीका नाममा खाता खोल्न पाइने कार्यविधिमा उल्लेख छ ।

गाउँपालिकाले एकल महिलाको साथमा स्थानीय सरकार भन्ने नाराको कार्यान्वयन गरी एकल महिलाको संरक्षण साथै सीप विकास एवं स्वरोजगारका कार्यकमहरु सञ्चालनमा ल्याएको छ । एकल महिला, वैदेशिक रोजगारबाट फिर्ता भएका, आर्थिक रुपमा कमजोर महिलालाई लक्षित रोजगार कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

गृहिणी महिलाको शारीरिक एवं मानसिक स्वास्थ्यमा सुधार गर्न गृहिणी स्वास्थ्य सुधार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयाे ।

onlinekhabar


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’