fbpx

बानियाँ समुदायबाट राष्ट्रसेवामा कार्यरत उच्च पदस्त ब्याक्तिहरु सम्मानित

author

समाचारपाटी

१ year अगाडि

पोखरा । बानियाँ बन्धु समाज जिल्ला कार्य समिति कास्कीले बानियाँ समुदायबाट प्रतिनिधीत्व गर्ने राष्ट्रसेवामा कार्यरत उच्च पदस्त ब्याक्तिहरुलाई सम्मान गरेको छ । नयाँवर्षको अवसरमा आयोजित भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच बानियाँ बन्धु समाज कास्कीले पश्चिम पृतना हेड क्वार्टर बिजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँ, सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँ, सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँ र २६ वर्षदेखी फलफुल ब्यवसायमा लागेका ब्यवशायी अमर बानियाँलाई सम्मान गरेको हो ।

सो अवसरमा वोल्दै पश्चिम पृतना हेड क्वार्टर बिजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँले छरिएर रहेका बानियाँ समुदायलाई एकीकृत गर्न बानियाँ बन्धु समाजले खेलेको भुमिकाको प्रशंसा गर्नुभयाे । बानियाँहरु नेपालभर छरिएर रहेको र बानियाँ बन्धु समाजकै कारण आज एक ठांउमा हुन पाएको र यसरीनै आफ्नो समुदायको उत्थानको लागी सम्पूर्ण बानियाँ बन्धुहरु आ आफ्नो ठांउबाट लाग्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँले बानियाँ बन्धु समाजले आफुहरुलाई सम्मान गरी आफ्नो काम कर्तब्यमा अझ अगाडी वढ्न हौसला मिलेको वताउनुभयाे । त्यस्तै सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँले आफु पूर्व नेपालको भएतापनि काम कर्तब्यको शिलशिलामा पोखरामा आज भन्दा २५ वर्ष अगाडि कार्यरत रहंदा पोखरामा बानियाँ बन्धुहरु रहेको स्मरण गर्दै पुन २५ वर्षपछि पोखरामानै आइपुग्दा आफ्नो समुदायबाट सम्मानित हुंदा आफ्नै दाजुभाइ संग प्रत्यक्ष भेट भएको महशुस गर्नुभयाे । आगामी दिनमा नेपाल भर रहेका बानियाँ बन्धुहरुलाई एक आपसमा सहयोग र सदभाव कायम गर्दै अगाडी वढ्ने समेत उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।

त्यस्तै युवा ब्यवसायी अमर बानियाँले बानियाँ समुदायलाई माथी उठाउनका लागी सम्पूर्ण बानियाँ बन्धुहरु एकजुट भएर अगाडी वढ्नुको विकल्प नरहेको वताउदै हरेक बानियाँहरुले आफ्नो समुदायलाई दह्रो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयाे । कार्यक्रममा वर्षा बानियाँले स्वागत मन्तब्य राख्नुभएकाे थियाे भने बानियाँ बन्धु समाज कास्कीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर बानियाँले कार्यक्रम माथी प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा बानियाँ बन्धु समाजका संरक्षक चन्द्र प्रकाश बानियाँ, पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, बानियाँ बन्धु समाजका केन्द्रीय सचिव दिपक बानिँया, केन्द्रीय सदस्य द्धय सूर्य बहादुर बानियाँ र इन्द्रमाया बानियाँ लगायतले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे । बानियाँ बन्धु समाज कास्कीका अध्यक्ष होम बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सदस्य शंकर बानियाँले गर्नुभएकाे थियाे ।


काठमाडौं

सोमवार, बैशाख १०, २०८१

२०.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने