fbpx

८ बंगलादेशी नागरिक काठमाडौंमा बन्धक, यसमा संलग्न ७ जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । बंगलादेशी नागरिकलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउँछु भन्दै काठमाडौं ल्याएर बन्धक बनाउन एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले यसरी बन्धक बनाइएका ८ जना बंगलादेशी नागरिकलाई उद्दार गरेको छ भने यसमा संलगन ७ जनालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रमुख डा मनोज केसीका अनुसार, पक्राउ पर्नेमध्ये ५ जना बंगलादेशी नागरिक नै छन् । प्रहरीले यसमा संलग्न रहेको आरोपमा बंगलादेशको गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बरिसालका ३७ वर्षीय एमडी मोसिउर, ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहाङ्गीर आलम र २१ वर्षीय तहमिना बेगमलाई पक्राउ गरेको छ ।

उनीहरुलाई सहयोग गरेको आरोपमा दुई नेपाली महिला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली(४ की ३३ वर्षीया रोशनी राई र बलेफी ६, सिन्धुपाल्चोककी २७ वर्षीया तारा नेपाली छन् । प्रहरीका अनुसार उद्दार गरिएकाहरुले आफूहरुलाई पोल्याण्ड लैजाने भन्दै ५ लाख रुपैयाँ लिइएको बताएका छन् ।

तर, उनीहरुलाई काठमाडौं ल्याएर अलपत्र पारिएको पाइएको छ । ‘कतिपयलाई मसाज सेन्टरमा पनि काम लगाएको पाइएको छ’, एसएसपी केसीले भने, ‘परिवारसँग पनि फिरौती मागेको भेटिएको छ ।’ कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

onlinekhabar


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन