बंगलादेशसँगको कबड्डी श्रृंखलामा नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले पाहुना टोली बंगलादेशसँग दोस्रो अभ्यासमा खेलमा पनि जित निकालेको छ । 
सातदोबाटोस्थित तेक्वान्दो हलमा जारी पाँच दिवसीय श्रृंखलामा सोमवार भएको दोस्रो खेलमा नेपालले बंगलादेशमाथि २९–२२ अंकको सहज जित निकालेको हो । डिफेन्डर मीना नेपाली र रेडर मानमति बिष्ट चम्किँएपछि घरेलु टोली दोस्रो दिन पनि हाबी भयो । मीनाले आठ अंक र मानमतीले सात अंक दिलाइन् । उक्त खेलमा मीना प्लेअर अफ दी म्याच भइन् । यसअघि मानमतीले भने लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेकी हुन् । उद्घाटन खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेपछि मानमती प्लेअर अफ दी म्याच चयन भएकी थिइन् । पहिलो खेलमा पनि नेपालले ४१–१८ अंकले जित निकालेको थियो । 
अब तेस्रो खेल मंगलवार हुनेछ । त्यसपछि वैशाख १० गते विश्राम दिइएको छ । वैशाख ११ गते चौथो र वैशाख १२ गते पाँचौं खेल तय गरिएको छ । कबड्डीको लोकप्रियता बढेसँगै सुखद् नतिजा आएको समयमा नेपालले बंगलादेशसँग श्रृंखला खेलेको हो । नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक काँस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ । नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको हो । त्यतिबेला बंगलादेशलाई हराउँदै नेपालले त्यो पदक जितेको थियो । त्यसपछि पहिलोपल्ट बंगलादेशसँग नेपालले खेलेको हो । बंगलादेश कबड्डी संघसँग हरेक वर्ष तीन वटा शृंखला खेल्ने अखिल नेपाल कबड्डी संघले सम्झौता गरेको छ ।
यसअघि नै नेपाली पुरुष टोलीले भने बंगलादेश भ्रमण गरिसकेका छन् । उक्त पाँच खेलको श्रृंखलामा बंगलादेशले ४–१ को जित निकालेको थियो । यस श्रृंखला एसिया कबड्डी महासंघको मान्यतामा भएको हो । कबड्डीमा कुनैपनि राष्ट्रिय महिला टोलीले पहिलोपल्ट श्रृंखला खेल्न लागेको अखिल नेपाल कबड्डी संघले उल्लेख गरेको छ । पछिल्लो दुई वर्षयता नियमित रूपमा प्रशिक्षण गर्दै नेपाली महिला कबड्डी टोलीले श्रृंखलामा पनि सोहीअनुरूप प्रदर्शन गरेको छ । नेपाली महिला टोली अहिले विश्व वरीयतामा तेस्रो स्थानमा छ । नेपाली टोली अहिले भारतको बिहारमा जुन १ देखि १३ सम्म हुने विश्वकपको तयारी पनि रहेको छ । यसैको तयारी स्वरूप नेपालले बंगलादेशसँग श्रृंखला खेलेको हो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान