बंगलादेशको राजधानी ढाकाको बाहिरी इलाकामा रहेको टोंगीमा वार्षिक मुस्लिम सभा विश्व इज्तेमा सम्पन्न भएको छ । जसमा स्वदेश तथा विदेशका लाखौं भक्तजनहरूले धार्मिक उपदेश दिनेछन् । तबलिगका शूरा–ए–निजाम वा मौलाना जुबैरका अनुयायीहरूको लागि इज्तेमाको पहिलो चरण शुक्रवारदेखि गाजीपुरको टोंगीमा तुराग नदीको किनारमा अम्बायन (प्रवचन) को उद्घाटनसँगै शुरु भएको थियो । यस अवसरमा इज्तेमा मैदानमा हजारौं मुस्लिम भेला भएका थिए । शूरा–ए–निजामका मिडिया संयोजक हबिबुल्लाह रायहानले स्थानीय मिडियालाई बताए कि उनीहरूले दुई चरणमा इज्तेमा आयोजना गर्ने बताउनु भयो । इज्तेमाको पहिलो चरण जनवरी ३१ देखि फेब्रुअरी २ सम्म जारी रहनेछ । इज्तेमाको दोस्रो चरण फेब्रुअरी ३ देखि फेब्रुअरी ५ सम्म आयोजना हुनेछ ।
सिन्ह्वा