fbpx

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी हुन् : वामदेव गौतम

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं I पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषि रहेको बताउनुभएको । 


शनविार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिहरुको संलग्नता हुन नसक्ने बताउनु भयो ।

उहाँले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्री भन्दा पनि मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताउनु भयो । उहाँले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताउनु भयो । उहाँले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्, त्यस्तो भएमात्रै मन्त्री, प्रधानमन्त्री मुसिन सक्छन् नत्र त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन् । सुन आओस् की अरु विषय आउन् त्यसमा सिधै मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जोडिने हुँदैन । सुन कुन ठाउँबाट आयो ? हङकङबाट आयो, त्यो जत्तिको सुरक्षित ठाउँ अन्त छैन, त्यहाँ कस्तो जालो रहेछ, अब यहाँ पनि केही जालो देखापरेको छ, विभिन्न समयमा देखिएको छ ।

तस्करीको सुन धेरै ठाउँमा छानबिन हुन्छ, त्यसैले सबै सेटिङ मिलाएर ल्याएको हो, भन्सार पनि छलेर बाहिर गइसकेको थियो, यस पटक पनि सबै मिलाएको रहेछ । राजश्व अनुसन्धानले थाहा पाएर । नेपाल प्रहरी, भन्सार, राजश्व अनुसन्धान सबैलाई पहिला नै सुन आउँदै भन्ने थाहा थियो । नेपालका व्यापारीले तस्करीको सुन प्रयोग गर्दैनन् । बाहिर नै जान्छ ।’

नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनु नपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गर्नुभयो । 


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर