fbpx

‘अहिले पारिवारिक कलह, समाजमा विग्रह, नकारात्मक चिन्तन कम हुँदै गएको छ’:- बालकृष्ण बस्नेत

author

समाचारपाटी

१ महिना अगाडि

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा विग्रह र नकारात्मक चिन्तन कम हुँदै गएको बताउनुभएको छ ।


बिहीवार स्वर्गीय अनिता आचार्यको स्मृति दिवसमका अवसरमा ‘संसार तिमीलाई’ गीतको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले समाजमा सबै बिग्रियो भनेर मात्र जान नहुने भन्दै सकारात्मक चिन्तन लिएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले एकले अर्कालाई नस्विकार्ने, एकले अर्कालाई गाली गर्ने संस्कृतिलाई छोडेरे रचनात्मक बन्नुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ती कायम गर्नसके मात्र समाजको विकास गर्न सकिने भएकाले घर—घरबाट शान्ती खोज्नुपर्ने बताउनु भयो ।
अध्यक्ष बस्नेतले भन्नुभयो, ‘अहिले पारिवारिक कलह, समाजमा विग्रह, नकारात्मक चिन्तन कम हुँदै गएको छ । हामीले महशुस गर्नेगरी कम हुँदै गएको छ । हामीले सबै बिग्रियो भन्नेतिर मात्र जानु हुँदैन । एकले अर्कालाई नस्वीकार्ने, एकले अर्कालाई गाली मात्र दिने जुन संस्कृति छ त्यसलाई छोडेर हामी रचनात्मक बन्नुपर्छ । घरघरबाट शान्ती खोज्नुपर्दछ । शान्ती खोज्न परिवार टोल, समाज, समुदाय हामी सबै एक ठाउँमा उभिनुपर्दछ । नेपाली संस्कृति अहिले हराउँदै गएको छ । यसले कसलाई फाइदा भएको छ ? त्यही भएर यो गीत लेख्न उहाँ बाध्य हुनुभयो होला । यदि हामी आफ्नो संस्कृति र संस्कारमा हुर्किरहेको भए । संस्कार संकटमा नपरेको भए उहाँले यो गीत नगाउन पनि सक्नुहुन्थ्यो होला ।’


उहाँले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालहरुको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सामाजिक सद्भाव भड्काउने क्रियाकलाप गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने समेत बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन