fbpx

ओलीको निवास बालकोटमा चार दलबीच छलफल जारी

author

समाचारपाटी

१ year अगाडि

काठमान्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल जारी छ ।

एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।

नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।

एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।

मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ । १४ सांसद भएको दल राप्रपा पनि एमालेसँग संवादमै छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किनुभएकाे छ ।

source:- onlinekhabar


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन