बालविद्या मन्दिर बोर्डिङ स्कुलमा पि.टि डिस्प्ले तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पाेखरा । पोखरा १३ कुँडहर स्थित बालविद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलमा पि टि डिस्प्ले तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी खेलकुद परिषद्का संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले वालविद्या विद्यालयले अन्यले भन्दा केही फरक शैलीमा आफ्ना अतिरिक्त क्रियाकलाप गरिरहेको र विद्यार्थी मा अन्तरनिहित प्रतिभा प्रस्फुटनमा विशेष जोड दिएको कुरा कार्यक्रमले पुष्टि गरेको बिचार व्यक्त गर्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

सोही कार्यक्रममा विद्यार्थीहरुद्वारा राष्ट्रप्रेमले भरिएको साङ्गीतिक प्रस्तुतिका साथै गुरुङ ,थारू भाषाका नृत्य पनि प्रदर्शन गरिएको थियो । अभिभावक तथा अतिथिहरुले वार्षिक खेलकुदमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गर्नुभएको थियो ।

विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि विद्यालयले पठनपाठनका अतिरिक्त खेलकुदलाई पनि उत्तिकै महत्व दिदै आइरहेको विद्यालयका निर्देशक राम गुरुङले बताउनुभयो ।

कार्यक्रममा नृत्य निर्देशक साथै पि टि संयोजक बिराज थापा मगर, सङ्गीत संयोजक भरत सुनार, विवश खाती लगायत सम्पूर्ण शिक्षकहरूलाई विद्यालयको तर्फबाट धन्यवाद दिदै श्री कमल गुरुङले शिक्षक विद्यार्थी र अभिभावकको सयुक्त प्रयासले नै
विद्यालयले सफलताको शिखर चुम्न सक्ने धारणा राख्नुभयो ।

विद्यालय निर्देशक राम गुरुङको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन शिक्षिका लक्ष्मी थापाको नेतृत्वमा एलिजा, अर्चना, प्रतिक्षा, प्रशान्त ,किरण,क्रिष्टिना लगाएतले गरेका थिए ।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ