fbpx

संघबाटै स्थानीय तहको बजेट विनियोजन हुँदा संघीयतामाथि प्रश्न उठ्योः अध्यक्ष बालानन्द पौडेल

author

समाचारपाटी

१0 महिना अगाडि

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका ‘सशर्त अनुदानमा यो जसरी अहिले ट्रान्सफर भइरहेको छ । त्यसले चारपाँच किसिमको समस्याहरु निम्त्याएको छ । यसले एउटा प्रदेश र स्थानीय तहको बजेट बनाउने स्पेस नै खाइदियो । बजेट, योजना बनाउने के भन्दा ? बजेटिङ भनेको प्रेडिक्शन गर्नुपर्छ, एक वर्षको । योजना भनेको पनि प्रेडिक्शन हो । जति अवधिको योजना हुन्छ, त्यति अवधिको प्रेडिक्शन गर्नुपर्छ । पूर्वानुमान योग्यता छैन भने त्यहाँ कुनै बजेट बनाउने स्पेस छैन । बजेट र योजना बनाउने भनेको प्राथमिकीकरण हो । प्राथमिकीकरण गर्ने स्पेस छैन भने बजेट बनाउन सकिँदैन । सशर्त अनुदान अहिले जसरी गएको छ ।ले संघबाटै प्रदेश र स्थानीय सरकारमा बजेट विनियोजन हुँदा संघीयतामाथि प्रश्न उठेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले भइरहेको सशर्त अनुदानका कारण संघीयता संकटमा पर्ने बताउनु भयो । उहाँले प्रदेश र स्थानीय तहले प्राथमिकीकरण गर्नुपर्ने योजना र छुट्याउनुपर्ने बजेट सिंहदरबारबाटै तोकिँदा संघीयता अफ्ठ्यारोमा परेको बताउनु भयो । उहाँले सिंहदरबारबाटै प्रदेश र स्थानीय सरकारका योजना तोक्ने हो भने प्रदेश र स्थानीय तह किन चाहियो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले भइरहेको सशर्त अनुदानको बाँडफाँडले प्रदेश र स्थानीय तहको बजेट बनाउने ठाउँ नै खाइदिएको बताउनु भयो । यसबारेमा सरकार गम्भीर हुन जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सशर्त अनुदानमा यो जसरी अहिले ट्रान्सफर भइरहेको छ । त्यसले चारपाँच किसिमको समस्याहरु निम्त्याएको छ । यसले एउटा प्रदेश र स्थानीय तहको बजेट बनाउने स्पेस नै खाइदियो । बजेट, योजना बनाउने के भन्दा ? बजेटिङ भनेको प्रेडिक्शन गर्नुपर्छ, एक वर्षको । योजना भनेको पनि प्रेडिक्शन हो । जति अवधिको योजना हुन्छ, त्यति अवधिको प्रेडिक्शन गर्नुपर्छ । पूर्वानुमान योग्यता छैन भने त्यहाँ कुनै बजेट बनाउने स्पेस छैन । बजेट र योजना बनाउने भनेको प्राथमिकीकरण हो । प्राथमिकीकरण गर्ने स्पेस छैन भने बजेट बनाउन सकिँदैन । सशर्त अनुदान अहिले जसरी गएको छ । रकम नम्बर तोकिएरै जान्छ । योजना तोकिएरै जान्छ । यो खोल्सोदेखि त्यो गोठसम्म जाने दुई सय मिटरको बाटो पनि संघको सिंहदरबारबाट छर्लङ्ग देखिन्छ । यदी यहाँबाट यसरी छर्लङ्ग देखिने हो भने त्यत्रो भारी भड्कम प्रदेश र स्थानीय सरकार किन चाहियो ? गम्भीर प्रश्न यसले खडा गरेको छ । त्यसैले यसले बजेट र योजनाको स्पेसलाई अण्डरमाइण्ड गरेकै छ । यहाँ हामी गम्भीर भएनौँ भने यही प्वाइन्टबाट संघीयताको स्खलन शुरु हुन्छ । यसलाई गम्भीरतापूर्वक विचार गरौँ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतले संघ, प्रदेश र स्थानीय तहको खर्च जिम्मेवारीमा थप प्रस्टता हुनुपर्ने बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यहरुको मानक स्थापित गर्न संसदीय समितिबाट निर्देशन आवश्यक रहेको बताउनु भयो । उहाँले साझा अधिकारको सूचिमा रहेको धेरै कानूनहरु अहिले पनि बाझिने अवस्थामा रहेको बताउनु भयो । संघ सरकारले कानून निर्माण गर्न नसक्दा स्थानीय सरकार कार्यान्वयन हुन कठिनाइ भइरहेको बताउनु भयो । साझा अधिकारका सूचिको कानून निर्माणमा संघ सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय तहको खर्च जिम्मेवारीमा थप प्रस्टता हुनुपर्ने देखिन्छ । संघ, प्रदेश र स्थानीय तहले सम्पादन गर्ने कार्यहरुको मानक स्थापित गर्न पनि निर्देशित हुनुपर्छ । यसमा अलि धेरै कामहरु दोहोरो, तेहेरो परिरहेका छन् । इन्स्टिट्युशन पनि ओभरल्यापिङ र डुप्लिकेसन छ । यसलाई हामी कसरी लिन्ठिङ गरेर त्यो थप क्लियारिटी ल्याउने भन्नेमा प्रधानमन्त्री कार्यालयबाट अनबण्डलिङको काम भइरहेको छ । त्यसले केही गर्ला र थप समितिबाट निर्देशित हुन्छ । साझा अधिकारको सूचिमा रहेको धेरै कानूनहरु अहिले पनि दर्जन भन्दा बढी छन् । त्यो कानून निर्माण हुन नसक्दा तलका अधिकारहरु कार्यान्वयन हुन नसकेको छ । त्यसले एउटा निराशा पैदा गरेको छ । यसलाई कसरी संविधानअनुसारको अधिकार प्रयोग गर्नसक्ने बनाउने भन्दा साझा अधिकारका सूचिको कानून माथि अलि छिटो बन्नसके राम्रो हुन्छ ।’

समितिको बैठकमा सांसदहरुले संघ सरकार र स्थानीय सरकारको अधिकार स्पष्ट हुनुपर्ने धारणा राखे । संघ र स्थानीय तहको अधिकार स्पष्ट हुन नसकेसम्म संघीयतामाथि प्रश्न उठिरहने बताए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, मंसिर २५, २०८१

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन