धनगढी। बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ ।जिल्लाको सुर्मा गाउँपालिका १ मा सोमबार राति हिमपहिरो जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हाे ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिनुभयाे ।
उहाँको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताउनुभयाे । मंगलबार दिउँसो दार्चुलाको व्यास गाउँपालिकामा हिमपहिरो जादा एक जना घाइतेहुनुभएकाे छ भने ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।