fbpx

गण्डकीका अर्थमन्त्रीमाथि सरकारी बजेट आमा समूहलाई बाँडेको आरोप, आयोगमा उजुरी

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ ।

माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ । मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग गरेर बरालले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको उजुरीकर्ताले आरोप लगाएका छन् ।

उहाँले सरकारी ढुकुटीको पैसा रकमान्तर गरेर आमा समूहलाई बाँडेको भन्दै निर्वाचन आयोगमा बुधबार उजुरी परेको हो । पोखरा महानगरपालिका १७ निवासी महेन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उजुरी दिनुभएकाे हाे ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेक अन्य कार्यक्रम, योजना घोषणा गर्न नहुने व्यवस्था छ । तर, अर्थमन्त्री बरालले पाँच करोड रूपैयाँ पैसा विभिन्न आमा समूहसहित संस्थाको भवन बनाउन दिने भनेर रकमान्तर गरेको भन्दै उजुरी परेको हो ।

पौडेलले बुधबार अर्थमन्त्रालयमा पुगेर रकमान्तरको विषयमा सूचना माग गरेका थिए । तर, अर्थ मन्त्रालयका सूचना अधिकारीले निर्णयको फाइल मन्त्रीसँगै भएकाले आफूलाई जानकारी नभएको भन्दै फर्काइदिएका थिए । उजुरीकर्ता पौडेलले गत २७ कार्तिकको मन्त्रीस्तरीय निर्णयबाट आमा समूहको भवन निर्माणमा सहयोग गर्ने निर्णय भएको जानकारी आएपछि उजुरी दिएको बताउनुभयाे ।

बरालविरुद्ध बुधबार नै कालोसूचीमा परेको मान्छे भनेर उम्मेदवारी खारेज माग गर्दै अर्को उजुरी परेको थियो । त्यो विषयमा निर्वाचन अधिकृतको कार्यालयले उहाँलाई स्पष्टीकरण सोधेको छ । बरालले भन्नुभयाे पुरानो घटनालाई चुनावको बेला अतिरञ्जित बनाइएको बताउनुभएकाे छ ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...