बैतडी । बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका– ६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट २ वर्षीया नाति रेशमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले मानसिक सन्तुलन ठिक नभएका आफ्नै बाजे गणेशको कुटाइबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयाे । कुटपिटबाट घाइते भएका रेशमका दाजु ८ वर्षीय रिजन साउद पनि गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ।
रेशमको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पुर्चौडी नगरपालिका– ६ का वडाध्यक्ष नरेन्द्र साउदले नातिलाई कुटपिट गर्ने साउदको मानसिक अवस्था केही समयदेखि ठिक नभएको बताउनुभयाे ।