fbpx

लेखकहरुले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन : बैरागी काँइला

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं ।  कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताउनुभएको छ । 


मंगलवार गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले यस्तो बताउनुभएको हो । उहाँले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको बताउनु भयो । उहाँले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई  ऐन बमोजिमको कर लगाउनु राम्रो भएको बताउनु भयो । उहाँले लेखकले ५० वर्षपछि एक पटक पाउने पुरस्कारमा आयकर काटेर पुरुस्कार दिन नहुने बताउनु भयो। उहाँले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गर्नुभयो ।

उहाँले अहिलेसम्म आफूले पाएको पुरस्कारमा तोके बमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थानहरुले अब विचार गर्नुपर्ने बताउनु भयो। उहाँले पुरस्कार घोषणा भए बमोजिमको  पुरस्कार पाउनुपर्ने बताउनु भयो । उहाँले अब सरकारलाई लेखकहरुले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको बताउनु भयो। उहाँले यो अवस्थाबाट आम नेपाली लेखकहरु पीडित रहेको बताउनु भयो । उहाँले नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन सकिन्न भन्ने थाहा पाएर कतै गुनासो नगरेको बताउनु भयो ।


उहाँले भन्नुभयो,‘लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्न चिज हुन् । पारिश्रमिक नियमित हुन्छ । त्यसमा ऐन बमोजिमको कर लाग्दा हुन्छ । पुरुस्कार भनेको फाटफुट पाइन्छ । २० वर्षमा पछि समेत पाइन्छ । गोरखापत्र स्थापना भएको ५० वर्षपछि उहाँले सम्मान पाउनुभयो । अनि के को पुरस्कारमा कर लगाउनु प¥यो । राज्यको कर लाग्ने नियमित आम्दानीमा हो । भेटेको पैसामा के को कर ? यस्तो कुरा पुरस्कार दिने संस्थानहरुले ध्यान दिनुपर्छ । मैले अहिलेसम्म धेरै पुरस्कारहरु पाए ।

तर कुनै पनि संस्थानहरुले तोकिएको आयकर कट्टा गरेर तोकिएको रकममा बाँकी रकम दिएन । एक लाख पुरस्कार घोषणा अनुसार एक लाख रुपैयाँ नै दियो । तोकेर दिने पुरस्कार बराबरको रकम दिनुपर्छ । कर कट्टी गर्ने रकम आफ्नै खातामा लगाउँदा हुन्छ । अब सरकारलाई लेखकहरुले कर कति दिनुपर्ने हो । १५ प्रतिशत हो वा २५ प्रतिशत हो । लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काटेर दिन्छ । यो अवस्थाबाट आम लेखकहरु पीडित छन् । नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन नकिने भन्ने थाहा छ । त्यसैले गुनासो नगरी जति दिएपनि उनीहरुले लिने गर्छन् ।’

मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ । गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ । मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ । 


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन