fbpx

भाद्र ९ मा ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने

author

समाचारपाटी

१ year अगाडि

यही भाद्र ९ गते (शनिवार) ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ । नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिस (नारा) र फेण्ड्स क्लव कुपन्डोलले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमबारे जानकारी गराएको हो । वागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित सो जलजात्राको २३ औं संस्करणको रुपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो । ललितपुरको कुपण्डोलस्थित वागमती पुलछेउमा शनिवार बिहान ७ बजे सहभागी भई सो जलजात्रामा सहभागी हुन पनि उहाँले सरोकारवाला निकाय र यस अभियानमा संलग्न सबैलाई आह्वान गर्नु भयो । 

अध्यक्ष अधिकारीले भन्नुभयो, ‘यस महोत्सवको उद्देश्य वागमती नदीलाई माया गर्ने, विभिन्न व्यक्तित्व, संघसंस्थाहरु र आम नागरिकलाई यस महाअभियानमा सरिक गराउने सत्प्रयास हो । यो महोत्सव एक साझा मञ्च हो । जसमा सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सृजना गर्दछ । यो महोत्सवको निरन्तरताको रुपमा स्थानीय सहभागिताद्वारा वागमती नदी किनारमा पार्क तथा खेलकुद मैदान समेत निर्माण गर्नेगरी अगाडि बढन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दछौं ।’सो जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, वागमती सफाई अभियानमा संलग्नहरु गरेर करिव १ हजार जना सहभागी हुने अपेक्षा गरिएको छ । वागमती नदी किनारामा पार्क तथा खेलकुद मैदान समेत निर्माण हुने गरी आफूहरुले सो जलजात्रा अभियानलाई निरन्तरता दिँदै आएको पनि नाराले जनाएको छ ।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन